धनुषामा बस दुर्घटना, २० जना भन्दा बढी घाइते

धनुषामा बस दुर्घटना, २० जना भन्दा बढी घाइते : Icon Khabar

जनकपुरधाम, चैत १ । धनुषामा बस दुर्घटना हुँदा २० भन्दा बढी घाइते भएका छन् । जनकपुरधामबाट सिरहाको लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक पल्टेको हो ।

दुर्घटनामा २० जनाभन्दा बढी यात्रु घाइते भएको दुर्घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।

‘सामान्य, मध्यम र गम्भीर गरी २० भन्दा बढी यात्रु घाइते भएका छन् । ६ वटा एम्बुलेन्समा बिरामी उपचारका लागि अस्पतालहरुमा लगिएको छ’ उनले भने ।

बसमा अधिकांश यात्रीहरु १५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी भएर फर्किरहेकाहरु थिए ।

Published Date: 14 March 2025


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग