गुण्डूमा रहेको द हिमाल एकेडेमीको २१ औँ वार्षिकोत्सव सम्पन्न

गुण्डूमा रहेको द हिमाल एकेडेमीको २१ औँ वार्षिकोत्सव सम्पन्न : Icon Khabar

भक्तपुर, फागुन २६ । सूर्यविनायक नगरपालिका वडा ७ गुण्डूमा रहेको हिमाल एकेडेमी स्कुलले २१ औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम-२०८१ प्रमुख अतिथि बागमति प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय किरण थापाको आतिथ्यमा सम्पन्न गरेको छ ।

२०८० को एसईईमा ४ जिपिए ल्याउन सफल विद्यालय हिमाल एकेडेमी स्कुलको प्रसंशा गर्दै प्रमुख अतिथि मन्त्री थापाले ४ जिपिए ल्याउने विपिना मिश्रलाई सम्मान पत्र प्रदान गरेका थिए भने स्कुलका संचालक प्रिन्सिपल प्रदिप थापाले विद्यालयको तर्फबाट विपिना मिश्रलाई रु.२५,०००/- प्रदान गरेका थिए। प्रमुख अतिथि मन्त्री थापाले आफू स्वास्थ्य मन्त्री भए पश्चात बागमति प्रदेशका जनताको लागि सेवा सुविधा स्तरोन्नति गर्न लागि परेको बताए । साथै उनले हिमाल एकेडेमीले यस क्षेत्रमा दिएको शैक्षिक योगदानको कदर गर्नु पर्ने बताए।

विद्यार्थीहरुको विभिन्न प्रतिभा प्रस्तुत गरिएको वार्षिकोत्सव कार्यक्रममा अतिथि जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापाले विद्यालयले पढाईसँघै सीप समेत जोडेर लैजानु पर्ने कुरामा जोड दिए। सूर्यविनायक नगरपालिका वडा ७ का अध्यक्ष, सामाजिक विकास समिति संयोजक एवं प्रवक्ता रविन्द्र सापकोटाले विद्यालयको प्रगतिमा खुलेर प्रसंशा गरी हिमाल एकेडेमीले यस नगरपालिकामा संस्थागत विद्यालयको रुपमा अब्बल सावित गर्न सफल भएकोमा धन्यवाद प्रदान गरे।

उनले जिपिए ४ ल्याउने विद्यार्थी विपिना मिश्र लगाएत सबैमा शुभकामना व्यक्त गरे। विद्यालयको प्रगति एवं भावी योजना प्रस्तुत गर्दै प्रिन्सिपल प्रदिप थापाले २०७२ को भुकम्प तथा २०७७/२०७८ को कोभिड १९ को परिस्थितिमा समेत अभिभावकहरुले दिनु भएको साथ र सहयोग प्रति आभार प्रकट गरे। हिमाल एकेडेमी स्कुलका सल्लाहकार संजय खड्काले गुणस्तरीय शिक्षाको खोजीमा गुण्डू भन्दा बाहिर जानु नपर्ने बताउँदै हिमाल एकेडेमी नै रोज्न अभिभावक र विद्यार्थीहरुलाई उत्प्रेरित गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकृष्ण थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एसईई व्याच २०७६ देखि २०८० सम्मका १४६ जनालाई सम्मान एवं मायाको चिनो प्रदान गरिएको साथै हिमाल एकेडेमी स्कुलमा विविध विधामा वर्ष उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको जानकारी विद्यालयकी संयोजक प्रतिक्षा केसी थापाले बताईन्।

Published Date: 10 March 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली