बेनिफिकामाथि बार्सिलोनाको जित

बेनिफिकामाथि बार्सिलोनाको जित : Icon Khabar

काठमाडौं, फागुन २२ । युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ को पहिलो लिगमा बार्सिलोनाले जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले बेनिफिकालाई १-० गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा खेलको ६१औं मिनेटमा राफिन्हाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यस खेलमा खेलको २२औ मिनेटमा बार्सिलोनाका पाउ कुबार्सीले रातो कार्ड पाए पछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो।

बेनिफिकाको घरेलु मैदानमा सम्पन्न पहिलो लिगमा अग्रता हासिल गरेको बार्सिलोनाले दोस्रो लिग मार्च ११ मा आफ्नो घरेलु मैदानमा खेल्ने छ।

Published Date: 06 March 2025


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु