अमेरिकाद्वारा युक्रेनलाई दिँदै आएको सैन्य सहायतामा रोक

अमेरिकाद्वारा युक्रेनलाई दिँदै आएको सैन्य सहायतामा रोक : Icon Khabar

वासिङ्टन, फागुन २० । अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायतामा रोक लगाएको छ । ह्वाइट हाउसका एक अधिकारीले युक्रेनलाई दिँदै आएको सैन्य सहायताको समीक्षा गरिने बताए । समीक्षा गर्नकै लागि तत्काल सैन्य सहायतामा रोक लगाइएको उनको भनाइ थियो ।

अमेरिकाको यो कदम ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच भएको चर्को बहसपछि चालिएको हो ।

युक्रेन–रुस युद्ध सुरु भएपछि युक्रेनलाई हतियार उपलब्ध गराउने अमेरिका मुख्य राष्ट्र हो । ह्वाइट हाउसका अधिकारीले भने, ‘समस्या समाधानमा मद्दत मिलोस् भनेर नै हामीले सैन्य सहायता रोकेर समीक्षा गर्न लागेका छौँ ।’

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले राष्ट्रपति ट्रम्प एकमात्र यस्तो नेता हुन्, जसले युक्रेनमा युद्धलाई स्थायी रुपमा अन्त्य गर्न सक्ने बताएका छन् । उनले भने, ‘हामी रुसलाई वार्ताको टेबलमा ल्याउन चाहन्छौँ । शान्ति सम्भव छ कि छैन भनेर हामी पत्ता लगाउन चाहन्छौँ ।’

सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्पीको विद्रोही व्यवहारलाई धेरै समय सहन नसक्ने चेतावनी दिएका थिए । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उनले भनेका थिए, ‘रुसका साथ युद्धविराम सम्झौताविना जेलेन्स्की लामो समय सत्तामा टिक्न सक्दैनन् ।’

युक्रेनलाई अमेरिकी सैन्य सहायता तीन माध्यमबाट प्राप्त हुँदै आएको छ । पहिलोमा अमेरिकी राष्ट्रपतिबाट सोझै दिइने रकम । दोस्रोमा अमेरिकी विदेश मन्त्रालयको ‘फरेन मिलिट्री फाइनेन्सिङ’का माध्यमबाट दिइने सहयोग र तेस्रोमा ‘युक्रेन सिक्योरिटी असिस्टेन्ट इनिशिएटिभ’का माध्यमबाट दिइने सहयोग ।

Published Date: 04 March 2025
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता