नेपाल घुम्न आउने पर्यटक संख्या सामान्य गिरावट

नेपाल घुम्न आउने पर्यटक संख्या सामान्य गिरावट : Icon Khabar

काठमाडौं, फागुन १८ । नेपाल घुम्न आउने पर्यटक संख्या सामान्य घटेको छ । सन् २०२५ फेब्रुअरीमा ९६ हजार ८ सय ८० पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार फेब्रुअरीमा आएको पर्यटक संख्या २०२४ सोही अवधिको तुलनामा ०.६ प्रतिशतले कम हो । त्यो बेला ९७ हजार ४ सय २६ पर्यटक नेपाल आइपुगेका थिए ।

बोर्डका अनुसार कोरोना महामारीभन्दा अघि २०१९ फेब्रुअरीमा भने १ लाख २ हजार ४ सय २३ आएका थिए । उक्त अवधिका दाँजोमा यो फेब्रुअरीको पर्यटन संख्या ५.४ प्रतिशतले कम हो ।

गत महिना दक्षिणी छिमेकी भारतबाट १९ हजार १ सय ८७ पर्यटक नेपाल आएका थिए । यो गत वर्ष सोही महिनाको दाँजोमा १९.८ प्रतिशतले बढी हो ।

त्यस्तै उत्तरी छिमेकी चीनबाट ८ हजार २ सय ८३ पर्यटन आएका थिए । यो साढे ८ प्रतिशतले धेरै हो । थाइल्यान्डबाट ५ हजार ६ सय ९ आएका थिए । जापानबाट २ हजार ६ सय ४३ आएका थिए । बेलायतबाट ५ हजार ५७ जना नेपाल घुम्न आएका थिए ।

पर्यटन बोर्डका अनुसार समग्र एसियाबाट २८ हजार ९८ जनाले फेब्रुअरीमा नेपाल भ्रमण गरेका छन् । यो दक्षिण एसिया बाहेकको संख्या हो । गत महिना दक्षिण एसियाबाट ३० हजार १ सय ९६ पर्यटन नेपाल आएका थिए ।

यसैगरी प्रमुख पर्यटन बजार युरोपबाट गत महिना १५ हजार ९ सय ७१ पर्यटक आएको तथ्यांक रेकर्ड गरिएको छ । यो गत वर्ष फेब्रुअरीको दाँजोमा साढे १६ प्रतिशतले बढी हो ।

अर्को प्रमुख बजार अमेरिकाबाट १० हजार ३ सय ४८ आएका छन् । यो गत वर्ष फेब्रुअरीको दाँजोमा १०.७ प्रतिशतले धेरे हो । अस्ट्रेलियाबाट ३ हजार ७ सय ३७ पर्यटक आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 March 2025
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला