नेपाल घुम्न आउने पर्यटक संख्या सामान्य गिरावट

नेपाल घुम्न आउने पर्यटक संख्या सामान्य गिरावट : Icon Khabar

काठमाडौं, फागुन १८ । नेपाल घुम्न आउने पर्यटक संख्या सामान्य घटेको छ । सन् २०२५ फेब्रुअरीमा ९६ हजार ८ सय ८० पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार फेब्रुअरीमा आएको पर्यटक संख्या २०२४ सोही अवधिको तुलनामा ०.६ प्रतिशतले कम हो । त्यो बेला ९७ हजार ४ सय २६ पर्यटक नेपाल आइपुगेका थिए ।

बोर्डका अनुसार कोरोना महामारीभन्दा अघि २०१९ फेब्रुअरीमा भने १ लाख २ हजार ४ सय २३ आएका थिए । उक्त अवधिका दाँजोमा यो फेब्रुअरीको पर्यटन संख्या ५.४ प्रतिशतले कम हो ।

गत महिना दक्षिणी छिमेकी भारतबाट १९ हजार १ सय ८७ पर्यटक नेपाल आएका थिए । यो गत वर्ष सोही महिनाको दाँजोमा १९.८ प्रतिशतले बढी हो ।

त्यस्तै उत्तरी छिमेकी चीनबाट ८ हजार २ सय ८३ पर्यटन आएका थिए । यो साढे ८ प्रतिशतले धेरै हो । थाइल्यान्डबाट ५ हजार ६ सय ९ आएका थिए । जापानबाट २ हजार ६ सय ४३ आएका थिए । बेलायतबाट ५ हजार ५७ जना नेपाल घुम्न आएका थिए ।

पर्यटन बोर्डका अनुसार समग्र एसियाबाट २८ हजार ९८ जनाले फेब्रुअरीमा नेपाल भ्रमण गरेका छन् । यो दक्षिण एसिया बाहेकको संख्या हो । गत महिना दक्षिण एसियाबाट ३० हजार १ सय ९६ पर्यटन नेपाल आएका थिए ।

यसैगरी प्रमुख पर्यटन बजार युरोपबाट गत महिना १५ हजार ९ सय ७१ पर्यटक आएको तथ्यांक रेकर्ड गरिएको छ । यो गत वर्ष फेब्रुअरीको दाँजोमा साढे १६ प्रतिशतले बढी हो ।

अर्को प्रमुख बजार अमेरिकाबाट १० हजार ३ सय ४८ आएका छन् । यो गत वर्ष फेब्रुअरीको दाँजोमा १०.७ प्रतिशतले धेरे हो । अस्ट्रेलियाबाट ३ हजार ७ सय ३७ पर्यटक आएका छन् ।

Published Date: 02 March 2025
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता