संयुक्त राष्ट्र संघको बैठकमा भारतले पाकिस्तानलाई भन्यो ‘असफल देश’

संयुक्त राष्ट्र संघको बैठकमा भारतले पाकिस्तानलाई भन्यो ‘असफल देश’ : Icon Khabar

काठमाडौँ, फागुन १५ । भारतले संयुक्त राष्ट्र मानवअधिकार परिषद्मा पाकिस्तानलाई ‘असफल देश’ भन्दै अन्तर्राष्ट्रिय सहायतामा मात्र निर्भर रहेको कडा टिप्पणी गरेको छ। संयुक्त राष्ट्रसंघमा बसेको मानवअधिकार परिषद्को ५८ औँ बैठकमा भारतीय कूटनीतिज्ञ क्षितिज त्यागीले पाकिस्तानी नेतृत्वले सेनाले प्रचार गरेको झूट फैलाएको आरोप लगाए ।

पाकिस्तानका कानून मन्त्री आजम नाजिर तरारको आरोप लगत्तै त्यागीले उक्त बयान दिएका थिए, जसमा तारारले जम्मू–कश्मीरमा मानवअधिकार उल्लङ्घन भइरहेको बताएका थिए। त्यागीले भने, ‘पाकिस्तानले कश्मीर र भारतलाई लिएर लगातार झूट फैलाइरहेको दुःखद कुरा हो । पाकिस्तानका प्रतिनिधिहरूले ओआईसी जस्ता फोरमको खिल्ली उडाउँछन्। पाकिस्तानले ओआईसीलाई आफ्नो मुखपत्रको रूपमा प्रयोग गरेर दुरुपयोग गरिरहेको छ।’

क्षितिजले भने, ‘जम्मु कश्मीर र लद्दाख केन्द्र शासित प्रदेशहरू सधैं भारतको अभिन्न अंग थिए र भविष्यमा पनि रहनेछन्। विगत केही वर्षमा जम्मू कश्मीरमा भएको अभूतपूर्व राजनीतिक, सामाजिक र आर्थिक प्रगतिले आफ्नै कथा बताउँछ।’

मन्तव्यको अन्त्यमा त्यागीले भने, ‘अस्थिर र अन्तर्राष्ट्रिय सहायतामा बाँचिरहेको असफल राष्ट्रले यस परिषद्को समय खेर फाल्नु दुर्भाग्यपूर्ण हो ।’

उनले भारतको बारेमा धेरै सोच्नुको सट्टा पाकिस्तानले आफ्ना नागरिकको समस्या हटाउन ध्यान दिनुपर्ने बताए ।

Published Date: 27 February 2025
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता