काठमाडौं, फागुन ७ । आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाईंदैछ । जहानियाँ हुकुमी शासन अन्त्य भएको दिनको सम्झना गर्दै हरेक वर्ष फागुन ७ का दिन राष्ट्रिय प्रजातन्त्र दिवस मनाउँदै आइएको छ ।
आजको दिन राणा शासकहरूको १०४ वर्ष लामो निरङ्कुश र हुकुमी शासनलाई बिदा गरी नेपालमा प्रजातन्त्र स्थापना भएको थियो । त्यसैले आजको दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ को रुपमा मनाउने गरिनछ । २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते नेपालमा प्रजातन्त्र दिवस मनाइन्छ ।
त्यही कारण हामी यो दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ को रुपमा मनाउने गरिन्छ । राणाहरूको वंशीय तन्त्र होइन कि ‘प्रजा’हरुकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोष सहित आजकै दिन मुलुकमा ‘प्रजातन्त्र’ छाएको थियो ।
विगतमा यो दिनको बेग्लै महत्त्व थियो । २०६३ वैशाखमा लोकतन्त्र स्थापनासँगै यो दिन ओझेलमा परेको हो । अब ‘प्रजातन्त्र’को ठाउँमा ‘लोकतन्त्र’ले ठाउँ थियो । बिस्तारै बोलीचालीमा ‘प्रजातन्त्र’ शब्द हराउँदै गएको छ र त्यो ‘लोकतन्त्र’ले लिएको हो । शब्द फेरिए पनि शासकीय वृत्त अझै लोकतन्त्रसँग अभ्यस्त छैन, तिनका क्रियाकलापमा राणा शाहीकै धङधङी नियमित छ ।
तर, यो दिन नेपालको राजनीतिक र शासकीय इतिहासमा प्रजातन्त्रको बेग्लै महत्त्व छ । २००७ मा नेपाली काँग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिलाई राजा त्रिभुवनले साथ दिएपछि मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्न सजिलो भएको थियो ।
Published Date: 19 February 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news