प्रकृति लम्सालको शव बुधबार नेपाल ल्याइने

प्रकृति लम्सालको शव बुधबार नेपाल ल्याइने : Icon Khabar

काठमाडौं, फागुन ५ । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्सालको शव बुधबार बिहान नेपाल ल्याइने भएको छ ।

ओडिसास्थित प्रहरी, केआईआईटी प्रशासन र प्रकृतिका बावु सुनिलबीच भएको छलफलमा उनको शव जहाजमार्फत नेपाल ल्याउने सहमति भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ । प्रकृतिका बुबा सुनिलले पोष्टमार्टम प्रतिवेदन आउन बाँकी रहेको बताउँदै भावनात्मक ब्ल्याकमेल गरेर छोरीलाई आत्महत्या गर्न बाध्य पारिएको आफूहरुको बुझाइ रहेको बताएका छन् ।

उनका अनुसार प्रकृतिको फोन, ल्यापटप र डायरी फरेन्सिक विभागलाई बुझाइसकिएको र प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको जानकारी केआईआईटी प्रशासनले यषसअघि नै दिइसकेको छ । केआईआईटीले पनि घटनामा दुःख व्यक्त गर्दै माफी माग्दै विद्यार्थीलाई फर्किन आह्वान गरेको छ ।

Published Date: 18 February 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली