प्रकृति लम्सालको शव बुधबार नेपाल ल्याइने

प्रकृति लम्सालको शव बुधबार नेपाल ल्याइने : Icon Khabar

काठमाडौं, फागुन ५ । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्सालको शव बुधबार बिहान नेपाल ल्याइने भएको छ ।

ओडिसास्थित प्रहरी, केआईआईटी प्रशासन र प्रकृतिका बावु सुनिलबीच भएको छलफलमा उनको शव जहाजमार्फत नेपाल ल्याउने सहमति भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ । प्रकृतिका बुबा सुनिलले पोष्टमार्टम प्रतिवेदन आउन बाँकी रहेको बताउँदै भावनात्मक ब्ल्याकमेल गरेर छोरीलाई आत्महत्या गर्न बाध्य पारिएको आफूहरुको बुझाइ रहेको बताएका छन् ।

उनका अनुसार प्रकृतिको फोन, ल्यापटप र डायरी फरेन्सिक विभागलाई बुझाइसकिएको र प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको जानकारी केआईआईटी प्रशासनले यषसअघि नै दिइसकेको छ । केआईआईटीले पनि घटनामा दुःख व्यक्त गर्दै माफी माग्दै विद्यार्थीलाई फर्किन आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Published Date: 18 February 2025
Website | + posts




ताजा
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि
मौसमको जानकारी लिएर मात्र ट्रेकिङ्ग जना आग्रह


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने