आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौँ, फागुन ७ । आज २०८१ फागुन ७ गते बुधबार, तद्अनुसार १९ फेब्रुअरी २०२५ । आज फागुन कृष्ण षष्ठी, वृद्धि वणिज स्वाति, प्रजातन्त्र दिवस, निर्वाचन दिवस, सूर्योदय बिहानः ०६ः३८ बजे, सूर्यास्तः साँझः १७ः५८ बजे ।

आजको राशिफल

मेष: रोजगारमा वृद्धि हुनेछ । सम्पत्तिको ठूलो सम्झौता हुन सक्छ । ठूलो फाइदा हुनेछ । हतार नगर्नु होला । दूरदर्शिता र बुद्धिमानीले रोकिएका कामहरू पूरा हुने सम्भावना छ । खर्च कम गर्नुपर्ने हुन्छ । व्यापारमा सही निर्णय लिन नसक्दा नोक्सानी हुन सक्छ ।

वृष: राज्यबाट सहयोग प्राप्त हुनेछ । जीवनसाथीबाट समर्थन मिल्ने छ । थकाइ लाग्ने छ। व्यवसाय राम्रो चल्ने छ । विवादबाट टाढा रहनु होला । नयाँ कार्यहरूमा लाभ हुने सम्भावना छ । परिवारको उन्नति हुनेछ । आफ्नो कर्ममा विश्वास राखेर अगाडि बढ्दा लाभ हुनेछ ।

मिथुन: पार्टी तथा पिकनिकको आनन्द पाइने छ । बौद्धिक कार्यहरू सफल रहने छन् । व्यवसाय राम्रो चल्ने छ । खुशी मिल्ने छ । सामाजिक प्रतिष्ठाका कारण केही चिन्ता हुन सक्छ । वैवाहिक जीवन सुखद रहने छ । लोभ लालच नगर्नु होला ।

कर्कट: व्यस्तता बढ्ने छ । थकाइ लाग्ने छ । बोलीमा संयम आवश्यक छ । आमा(बुबाको स्वास्थ्य ठीक रहने छ । दिन खुशीपूर्वक बित्ने छ । व्यापारमा लाभ हुनेछ । रोकिएको पैसा फिर्ता आउने सम्भावना छ ।

सिंह: अधुरा कार्यहरू पूरा हुनेछन् । मेहनत सफल हुनेछ । घर तथा बाहिर मानसम्मान बढ्ने छ । व्यवसाय राम्रो चल्ने छ । नयाँ योजनाहरू कार्यान्वयन हुनेछन् । ठूलाबडासँग भेटघाट हुनेछ, जसले भविष्यमा फाइदा पुर्याउने छ ।

कन्या: रोकिएको पैसा आउने सम्भावना छ । यात्रामा सफलता मिल्ने छ । फाइदाका अवसरहरू बढ्ने छन् । जोखिम लिनु उचित हुँदैन । घर सम्बन्धी समस्या हुन सक्छ । सिर्जनात्मक कामको राम्रो नतिजा प्राप्त हुनेछ । अध्यात्ममा रुचि बढ्नेछ ।

तुला: नयाँ वस्त्र तथा गहना प्राप्त हुनेछ । रोजगारमा वृद्धि हुनेछ । यात्रा सफल हुनेछ । खुशीको माहोल रहने छ । कडा मेहनत गर्नु पर्नेछ । समाज तथा परिवारमा तपाईंका कार्यहरूको आलोचना हुन सक्छ । व्यापार सामान्य रहने छ ।

वृश्चिक: चोटपटक तथा दुर्घटनाबाट बच्नु होला । आर्थिक लेनदेनमा सावधानी अपनाउनु होला । जोखिमपूर्ण कार्यहरु नगर्नु होला । आर्थिक समस्या हुन सक्छ । नयाँ काममा सफलता मिल्ने छ । व्यापार राम्रो चल्ने छ । स्वास्थ्यमा सुधार आउने छ ।

धनु: पुराना साथी तथा नातेदारहरूसँग भेटघाट हुनेछ । राम्रो समाचार सुन्न पाइने छ । व्यवसाय राम्रो चल्ने छ । परिवारको वातावरण सहयोगात्मक रहने छ । बुद्धि पुर्याएर काम गर्दा समस्याहरू समाधान हुनेछन् । सुख समृद्धि बढ्ने छ ।

मकर: योजना सफल हुनेछ । मान(प्रतिष्ठा बढ्ने छ । काममा सफलता मिल्ने छ । व्यवसाय लाभदायक रहने छ । आत्मविश्वास बढ्नेछ, जसले व्यापारिक फाइदा पुर्याउने छ । यात्रामा सावधानी अपनाउनु होला । हतारमा निर्णय नगर्नु होला ।

कुम्भ: राज्यबाट सहयोग प्राप्त हुनेछ । रोकिएको काम पूरा हुनेछ । अध्यात्ममा रुचि बढ्ने छ । धन प्राप्त गर्न सहज हुनेछ । राज्य तथा व्यवसायको क्षेत्रमा उचित लाभ हुनेछ । परिवारमा खुशीको वातावरण रहने छ । जीवनसाथीको उन्नतिले सामाजिक सम्मान बढाउने छ ।

मीन: अनावश्यक खर्च हुनेछ । तनाव बढ्न सक्छ । विवादलाई नबढाउनु होला । जोखिमपूर्ण कार्यहरु नगर्नु होला । आर्थिक अवस्था कमजोर हुन सक्छ । मित्रहरूको सहयोगमा महत्वपूर्ण कार्यहरू पूरा हुने सम्भावना छ । साझेदारीमा नयाँ प्रस्तावहरू प्राप्त हुन सक्छन् ।

Published Date: 19 February 2025




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न