सोमबार सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले बढ्यो

सोमबार सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, फागुन ५ । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २७ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो ।

आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँ कायम थियो ।

सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 February 2025
Website | + posts