भक्तपुरमा दुई दिवसीय ऋण व्यवस्थापन तालिम सम्पन्न

भक्तपुरमा दुई दिवसीय ऋण व्यवस्थापन तालिम सम्पन्न : Icon Khabar

भक्तपुर, माघ  ३० । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको अन्तर लगानी तथा वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को प्राविधिक सहयोगमा दुई दिवसीय ऋण व्यवस्थापन तालिम मिति २०८१ माघ २८ गते होटेल सिटि गाउँं भक्तपुरमा सम्पन्न भयो ।

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारीका अन्तराष्ट्रिय सात सिद्धान्तको प्रकाश पार्दै अध्यादेश अन्तराष्ट्रिय सहकारी सिद्धान्त प्रतिकुल हुने गरी जारी व्यवस्थाको विरोध गरे । सदस्यको बचत सुरक्षा र सदस्य केन्द्रीत समुदायिक सहकारी संस्थाको हितमा अध्यादेश जारी हुनु पर्नेमा उल्टै संसद नै छलेर सहकारी ठगलार्ई पुष्ठपोषण गरेको उनको भनाई थियो । उनले सहकारी समुदायको भएकोले समुदायिक सहकारी संस्थालाई प्रोत्साहन हुने गरी बचतको सिमा कायम गर्नु पर्ने बताए ।

संघका कोषाध्यक्ष एवं अन्तरलगानी तथा वित्तीय सेवा प्रवद्र्धन उपसमितिका संयोजक कान्छा भक्त घजुले बचत तथा ऋण सहकारी संस्थाको मुख्य काम सदस्यबाट बचत स्विकार्ने र ऋण लगानी गर्नु रहको बताए । ऋण लगानी गरेका रकम समयमै सावाँ व्याज फिर्ता भएन भन्ने संस्था संचालनमा समस्या भई सदस्यको बचत फिर्तामै समस्या हुने हुदाँ संस्थाले ऋण लगानीमा विशेष ध्यान पु¥याउनुपर्ने उनको भनाइ थियो । तालिमले ऋण लगानीको प्रभावकारी व्यवस्थापन र जोखिम न्यूनिकरणका असल अभ्यासका सिकाईबाट संस्थामा सुरक्षित ऋण लगानी गर्नमा सहयोग पुग्ने कुरा बताए ।

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी संस्थामा बचत संगै ऋण लगानी सुरक्षित हुनुपर्ने बताए । उनले सहकारी सदस्यको विश्वास अडेकाले सदस्यको विश्वास जित्ने ढंगबाट सुरक्षित ऋण लगानी तथा असुलीमा ध्यान दिनुपर्ने कुरा बताए । जारी अध्यादेश र निर्देशन तथा मापदण्ड मस्यौदामा व्यवहारिक रुपमा संशोधन गर्नुपर्ने कुराहरु रहेको र उक्त कुराहरुको संशोधन गर्न गराउन बहस पैरवी तथा विरोध गर्न सकिन्छ तर कानुनको पालना गर्दिन भन्न नमिल्ने बताए । अध्यादेशले सहकारीको ऋण सुरक्षित गर्न कर्जा सूचना केन्द्र र कर्जा सुरक्षण कोषमा आबद्ध हुन सकिने कानुनी व्यवस्था हुनु सकारात्मक रहेको उनको भनाई थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का तालिम अधिकृत रविन्द्र श्रेष्ठले सहजीकरण गरेका थिए । तालिममा संघका सदस्य संस्थाहरुबाट २० जनाको सहभागी रहेको थियो भन्ने तालिम समापन कार्यक्रमको संचालन संघका अन्तरलगानी तथा वित्तीय सेवा प्रवद्र्धन उपसमितिका सदस्य राजकुमार लघुले गरेका थिए ।

Published Date: 12 February 2025


ताजा
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली