नेपाल क्षयरोग निवारण संस्था, भक्तपुर जिल्ला शाखाको १२ औँ अधिवेसन सम्पन्न

नेपाल क्षयरोग निवारण संस्था, भक्तपुर जिल्ला शाखाको १२ औँ अधिवेसन सम्पन्न : Icon Khabar

भक्तपुर, माघ  ३० । नेपाल क्षयरोग निवारण संस्था, भक्तपुर शाखाको १२ औँ अधिवेसन तथा ४५ औँ जिल्ला सभा मंगलबार सम्पन्न भएको छ । अधिवेसनले हिरण्यप्रताप साङ्गामीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति समेत सर्वसम्मत निर्वाचित गरेको छ ।

जिल्लाका सभापति पुष्पलाल तिमिलाको सभाध्यक्षतामा सम्पन्न उक्त अधिवेसनमा प्रमुख अतिथि एवम् नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज महेन्द्रगोपाल कर्माचार्य, अतिथिहरू राष्ट्रीय क्षयरोग नियन्त्रण केन्द्रका प्रशासकिय उपसचिव पुस्कर थापा, प्याब्सन भक्तपुरका निवर्तमान अध्यक्ष सुरेन्द्र श्रेष्ठ, संस्थाका प्रशासकिय अधिकृत रामकाजी कार्की, निर्वाचन अधिकृत गजेन्द्र तिमिला लगायतका वक्ताहरूले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन सचिव सुमन श्रेष्ठले गरेका थिए भने स्वागत मन्तब्य उपसभापति सुरेश प्रधानले राखेका थिए । मंगलबार सम्पन्न अधिवेसनबाट निर्वाचित कार्यसमिति देहाय अनुसार रहेको छ ।
सभापति – हिरण्यप्रताप साङ्गामी
उपसभापति – राजेश्वरी शिल्पकार
सचिव – विजय कर्माचार्य
कोषाध्यक्ष – कृष्णदास कायस्थ
सह-सचिव – रत्नालक्ष्मी भैल
सदस्य – सुमन श्रेष्ठ
– सानुकाजी त्वायना
– मनोहरदास कारञ्जित
– दिनेश चरण श्रेष्ठ
– मेनुका भाषिमा
– बाबुकृष्ण रञ्जित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 February 2025
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने