प्रधानमन्त्री ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने

प्रधानमन्त्री ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने : Icon Khabar

काठमाडौं, माघ २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् । उनले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयको एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्ने भएका हुन् ।

तत्कालीन समयमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट राष्ट्रिय गौरवका आयोजनाको प्रत्यक्ष अनुगमन गर्न सकिने गरी बनाइएको सोही एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्न लागेका हुन् ।

प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुम अघिल्लो कार्यकालमा ओली आफैंले स्थापना गरेका हुन् । उनले १५ जेठ २०७६ देखि अत्याधुनिक सुविधासहितको एक्सन रुम तयार गरेर सञ्चालनमा ल्याएका थिए । ६ असोज, २०७६ मा एक्सन रुममा करिब एक घण्टा बसेर उनले विभिन्न आयोजनाहरुको प्रगति र अवस्था जानकारी लिएका थिए ।

Published Date: 07 February 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै