बङ्गलादेशमा फेरी फैलियो हिँसा

बङ्गलादेशमा फेरी फैलियो हिँसा : Icon Khabar

काठमाडौँ, माघ २५ । बङ्गलादेशका संस्थापक तथा राष्ट्रपिता बङ्गबन्धु सेख मुजिबुर रहमानको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । पूर्वसरकार प्रमुख सेख हसिना वाजेद बङ्गलादेशमा गत वर्ष चलेको गृहद्वन्द्वका कारण भारत निर्वासनमा रहनुभएको छ तर बङ्गलादेशमा उनको परिवारलगायत उहाँको पार्टी अवामी लिगसँग आबद्ध नेताहरूको घरमा ताडफोड र आगजनी अझै रोकिएको छैन ।

प्रदर्शनकारीले बुधबार मध्यरातमा बङ्गबन्धु रहमानको ढाका धानमण्डी–३२ स्थित घरमा आक्रमण सुरु गरेर बिहीबार बिहानसम्म जारी राखेको त्यहाँको सञ्चार माध्यम डेली स्टार र ढाका ट्रिब्युनले जनाएको छ । डोजरसहित घर भत्काउने उद्देश्यले पुगेका प्रदर्शनकारीले घरको अगाडिको भाग तहसनहस पारेका छन् । सञ्चार माध्यमका अनुसार सेनाका जवानहरू घटनास्थलमा पुगे पनि सडकमै चुपचाप उभिएर हेर्न बाध्य भएका थिए ।

अवामी लिग समर्थित अन्य नेताको घरमा पनि अन्तरिम सरकार समर्थित प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन् । उनीहरूले ढाका युनिभर्सिटीको सभा हल र प्रमुख गेटबाट पनि रहमानको नाम हटाइदिएका छन् । प्रदर्शनकारीले भारतमा बसेर बङ्गलादेशविरोधी गतिविधि सञ्चालन गरेको आरोप पूर्वप्रधानमन्त्री हसिनामाथि लगाएका छन् । उनीहरूले बङ्गलादेशमा अवामी लिगलाई कुनै पनि निर्वाचनमा भाग लिन नदिन माग गरिरहेका छन् ।

बङ्गलादेश मुक्ति युद्धको इतिहासमाथि नै प्रदर्शनकारीले आक्रमण गरेर प्रश्न उब्जाएको टिप्पणी अन्तर्राष्ट्रिय जगत्मा हुन थालेको छ ।

Published Date: 07 February 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै