बङ्गलादेशमा फेरी फैलियो हिँसा

बङ्गलादेशमा फेरी फैलियो हिँसा : Icon Khabar

काठमाडौँ, माघ २५ । बङ्गलादेशका संस्थापक तथा राष्ट्रपिता बङ्गबन्धु सेख मुजिबुर रहमानको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । पूर्वसरकार प्रमुख सेख हसिना वाजेद बङ्गलादेशमा गत वर्ष चलेको गृहद्वन्द्वका कारण भारत निर्वासनमा रहनुभएको छ तर बङ्गलादेशमा उनको परिवारलगायत उहाँको पार्टी अवामी लिगसँग आबद्ध नेताहरूको घरमा ताडफोड र आगजनी अझै रोकिएको छैन ।

प्रदर्शनकारीले बुधबार मध्यरातमा बङ्गबन्धु रहमानको ढाका धानमण्डी–३२ स्थित घरमा आक्रमण सुरु गरेर बिहीबार बिहानसम्म जारी राखेको त्यहाँको सञ्चार माध्यम डेली स्टार र ढाका ट्रिब्युनले जनाएको छ । डोजरसहित घर भत्काउने उद्देश्यले पुगेका प्रदर्शनकारीले घरको अगाडिको भाग तहसनहस पारेका छन् । सञ्चार माध्यमका अनुसार सेनाका जवानहरू घटनास्थलमा पुगे पनि सडकमै चुपचाप उभिएर हेर्न बाध्य भएका थिए ।

अवामी लिग समर्थित अन्य नेताको घरमा पनि अन्तरिम सरकार समर्थित प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन् । उनीहरूले ढाका युनिभर्सिटीको सभा हल र प्रमुख गेटबाट पनि रहमानको नाम हटाइदिएका छन् । प्रदर्शनकारीले भारतमा बसेर बङ्गलादेशविरोधी गतिविधि सञ्चालन गरेको आरोप पूर्वप्रधानमन्त्री हसिनामाथि लगाएका छन् । उनीहरूले बङ्गलादेशमा अवामी लिगलाई कुनै पनि निर्वाचनमा भाग लिन नदिन माग गरिरहेका छन् ।

बङ्गलादेश मुक्ति युद्धको इतिहासमाथि नै प्रदर्शनकारीले आक्रमण गरेर प्रश्न उब्जाएको टिप्पणी अन्तर्राष्ट्रिय जगत्मा हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 February 2025
Website | + posts
ताजा
निरन्तर छैठौँ कारोबार दिन घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
भक्तपुर युवा टिमको जर्सी सार्वजनिक, सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागिता
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न