केही हप्तामा क्यान्सरका बिरामीलाई दिने किमोलाई नि:शुल्क गर्नेगरी व्यवस्था गर्छौं: स्वास्थ्यमन्त्री पौडेल

केही हप्तामा क्यान्सरका बिरामीलाई दिने किमोलाई नि:शुल्क गर्नेगरी व्यवस्था गर्छौं: स्वास्थ्यमन्त्री पौडेल : Icon Khabar

पोखरा, माघ २३ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा महिलामा पाठेघरको क्यान्सर भयावह अवस्थामा रहेको भन्दै अब त्यसलाई न्युनीकरण गर्न मन्त्रालय लागिपरेको बताएका छन् ।

पोखराको वडा नम्बर १२ स्थित शिलतादेवी माविबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउने अभियानको थालनी गर्दै स्वास्थ्यमन्त्री पौडेलले यस विषयमा स्वास्थ्य मन्त्रालय गम्भीर रहेको बताएका हुन् ।

अहिलेका किशोरी, बहिनीहरू, छोरीहरूलाई भ्याक्सिन उपलब्ध गराउन सक्यौं भने भविष्यमा पाठेघरको मुखको क्यान्सरबाट कसैले ज्यान गुमाउनु नपर्ने स्वास्थ्यमन्त्री पौडेलको भनाइ थियो । त्यसैका निम्ति यो खोप अभियान सुरु गरेको पौडेलले बताए ।

अहिले खोप अभियानमा सहभागीभन्दा माथिल्लो उमेर समूहलाई पाठेघरको मुखको क्यान्सर पहिचान गर्न स्क्रिनिङ गर्ने र जसमा क्यान्सर देखिन्छ उनीहरूको उपचार गर्ने पौडेलले बताए ।

क्यान्सर लागेको पत्ता लागिसकेकाहरूका लागि उपचार सर्वसुलभ गराउने र उपचार नसक्नेहरुका लागि नि:शुल्क गराउने तयारी भइरहेको पौडेलको भनाइ थियो ।

अबको केही हप्तामा क्यान्सरका बिरामीलाई दिने किमोलाई नि:शुल्क गर्नेगरी व्यवस्था गरिने बताएका छन् । उनले क्यान्सर नियन्त्रण रणनीति पास गरिसकेको र अब कार्यान्वयन गर्दै लैजाने जानकारी दिए । अहिले देशभरका ८ हजार २ सय विद्यालयमा खोप केन्द्र स्थापना गरी खोप लगाउन ५४ हजार जनशक्ति परिचालन गरिएको स्वास्थ्यमन्त्री पौडेलको भनाइ छ ।

Published Date: 05 February 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी