यूएसएआईडीद्वारा विश्वभर रहेका आफ्ना कार्यलयमा कार्यरत अमेरिकी नागरिकलाई फर्किन आग्रह

यूएसएआईडीद्वारा विश्वभर रहेका आफ्ना कार्यलयमा कार्यरत अमेरिकी नागरिकलाई फर्किन आग्रह : Icon Khabar

काठमाडौं, माघ २३ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)ले विश्वभर रहेका आफ्ना कार्यलयमा कार्यरत अमेरिकी नागरिकलाई अमेरिका फर्किन सूचना सम्प्रेषण गरेको छ । यूएसएआईडीले एक सूचना जारी गर्दै निश्चित कर्मचारीबाहेक अन्यलाई शुक्रबार रातिबाट प्रशासनिक बिदा दिइएको जनाएको छ ।

हाल संयुक्त राज्य अमेरिका बाहिर तैनाथ यूएसएआईडी कर्मचारीहरूका लागि एजेन्सीले मिसनहरू र राज्य विभागको समन्वय गर्दै आवश्यक योजना तयार गरिरहेको पनि सूचनामा भनिएको छ ।

सबै लागू आवश्यकताहरू र कानूनहरू बमोजिम एउटा योजना तयार गरिरहेको छ, ‘जस अन्तर्गत एजेन्सीले ३० दिन भित्र संयुक्त राज्यमा फिर्ता यात्राको लागि व्यवस्था गर्ने र भुक्तानी गर्ने र आवश्यक नभएका सम्झौताहरु अगाडि नबढाउने पनि बताइएको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) का कर्मचारीलाई निलम्बन गरिसकेका छन् । उनले यूएसएआईडीका दुई उच्च अधिकारीसहित धेरै कर्मचारीहरूलाई निलम्बित गरेका थिए ।

Published Date: 05 February 2025


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु