काठमाडौं, माघ ८ । मंगलबार नेप्से परिसूचक ५.०८ विन्दुले बढेर २६१३.०८ अंकमा आएको छ ।
आज ६ अर्ब १९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ८ वटा समूहका सूचक बढेका छन् ।
आज ३११ कम्पनीको १ करोड १६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २३ करोड ७६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी होल्डिङस लिमिटेड अग्रस्थानमा छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सप्तकोशी डेभलपमेन्ट बैंक र नेपाल पुनर्बिमा कम्पनी परेका छन् ।
Published Date: 21 January 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1