म्यानचेस्टर सिटीको जित

म्यानचेस्टर सिटीको जित : Icon Khabar

काठमाडौं, पुस २१ । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले वेस्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ । सिटीलेघरेलु मैदानमा शनिवार ४-१ को सहज जित हासिल गरेको हो ।

सिटीको जितमा एर्लिङ हालाण्डले २ तथा फिल फोडेनले १ गोल गरे । अर्को आत्मघाती गोल भयो । वेस्ट ह्यामका निकलेस फोलकुर्कले १ गोल फर्काए ।

वेस्ट ह्यामका भ्लादिमिर क्याफलको आत्मघाती गोलबाट सिटीले खेलमा सुरुवाती अग्रता लियो । खेलको ४२औं र ५५औं मिनेटमा गोल गर्दै हालाण्डले सिटीको अग्रता ३-० मा पुर्याए । फोडेनले ५८औं मिनेटमा गोल गर्दै खेललाई ४-० को स्थितीमा पुर्याए ।

७१औं मिनेटमा फोलकुर्कले वेस्ट ह्यामका लागि गोल फर्काए । सिटी २० खेलमा ३४ अंकका साथ छैठौं स्थानमा छ । वेस्ट ह्याम समान खेलमा २३ अंकका साथ १३औं स्थानमा छ ।

शनिवार नै भएका अन्य खेलमा न्युक्यासलले टोटेनहम र एस्टन भिल्लाले लेस्टर सिटीलाई समान २-१ ले हरायो।

ब्रेन्टफोर्डले साउथह्यामटनलाई ५-० र बर्नमाउथले एभर्टनलाई १-० पराजित गर्यो । चेल्सी र क्रिस्टल प्यालेस तथा ब्राइटन र आर्सनलले समान १-१ को बराबरी खेले।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 January 2025
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३२ अंकले घट्यो
कक्षा ११ को अध्ययनका लागि श्री पद्म माध्यमिक विद्यालय नै किन ?
स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक गएका सबैको छानबिन गर्न गृहमन्त्रीको निर्देशन
भक्तपुर झौखेलको हरियाली: असारमा रोपाइँ सकेपछि देखिएको रमणीय दृश्य (फोटो फिचर)










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला