म्यानचेस्टर सिटीको जित

म्यानचेस्टर सिटीको जित : Icon Khabar

काठमाडौं, पुस २१ । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले वेस्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ । सिटीलेघरेलु मैदानमा शनिवार ४-१ को सहज जित हासिल गरेको हो ।

सिटीको जितमा एर्लिङ हालाण्डले २ तथा फिल फोडेनले १ गोल गरे । अर्को आत्मघाती गोल भयो । वेस्ट ह्यामका निकलेस फोलकुर्कले १ गोल फर्काए ।

वेस्ट ह्यामका भ्लादिमिर क्याफलको आत्मघाती गोलबाट सिटीले खेलमा सुरुवाती अग्रता लियो । खेलको ४२औं र ५५औं मिनेटमा गोल गर्दै हालाण्डले सिटीको अग्रता ३-० मा पुर्याए । फोडेनले ५८औं मिनेटमा गोल गर्दै खेललाई ४-० को स्थितीमा पुर्याए ।

७१औं मिनेटमा फोलकुर्कले वेस्ट ह्यामका लागि गोल फर्काए । सिटी २० खेलमा ३४ अंकका साथ छैठौं स्थानमा छ । वेस्ट ह्याम समान खेलमा २३ अंकका साथ १३औं स्थानमा छ ।

शनिवार नै भएका अन्य खेलमा न्युक्यासलले टोटेनहम र एस्टन भिल्लाले लेस्टर सिटीलाई समान २-१ ले हरायो।

ब्रेन्टफोर्डले साउथह्यामटनलाई ५-० र बर्नमाउथले एभर्टनलाई १-० पराजित गर्यो । चेल्सी र क्रिस्टल प्यालेस तथा ब्राइटन र आर्सनलले समान १-१ को बराबरी खेले।

Published Date: 05 January 2025


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?