आज अंग्रेजी नयाँ बर्ष २०२५ को पहिलो दिन

आज अंग्रेजी नयाँ बर्ष २०२५ को पहिलो दिन : Icon Khabar

काठमाडौँ, पुष १७ ।  इस्वी सम्वत् ग्रेगोरियन क्यालेन्डर वा क्रिश्चियन क्यालेन्डरमा आधारित साल हो । यसमा जनवरी १ तारिखको दिनमा नयाँ वर्षको आरम्भ हुन्छ । यो दिन विशेष ईसाई धर्मालम्बीहरूले नयाँ वर्षको रूपमा मनाउने भए तापनि हिजोआज विश्वका प्राय सबै देशहरूमा नयाँ वर्ष मनाउने गरिन्छ । आज संसारभर यो नयाँ बर्ष को पहिलो दिन लाइ हर्सो उलाह्स का साथ् मनाइदैछ।

इस्वी सम्बत’रको मूल एकाइ दिन हुन्छ। ३६५ दिनहरूको एक वर्ष हुन्छ, तर प्रत्येक चौथो वर्ष ३६६ दिनको हुन्छ जसलाई अधिक वर्ष (लिप इअर) भनिन्छ। सूर्यमाथि आधारित पञ्चाङ्ग हर १४६,०९७ दिनपछि दोहोरिन्छ।

यसलाई ४०० वर्षहरूमा बाँडिएकोछ, र यो २०८७१ सप्ताह (७ दिन)को बराबर हुन्छ। यी ४०० वर्षहरूमा ३०३ वर्ष साधारण वर्ष हुन्छन्, जसमा ३६५ दिनहरू हुन्छन्। र ९७ लीप वर्ष हुन्छन्, जसमा ३६६ दिन हुन्छन्। यस प्रकार प्रत्येक वर्षमा ३६५ दिन, ५ घण्टा, ४९ मिनेट र १२ सेकेण्ड हुन्छन्। यसलाई पोप ग्रेगोरीले लागू गरेका हुन् र नैं यसको नाम ग्रेगोरियन क्यालेन्डर बसेको हो।

यो भन्दा पहिला जूलियन क्यालेन्डर प्रचलनमा थियो, तर त्यसमा त्रुटीहरू भएकोले हटाइयो।

नयाँ बर्ष सन् २०२५ को उपलक्ष्यमा सम्पूर्णमा शुभकामना।

Published Date: 01 January 2025


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता