नवौं एक्सेल्सियर कपमा काष्ठमण्डपलाई दोहोरो उपाधि

नवौं एक्सेल्सियर कपमा काष्ठमण्डपलाई दोहोरो उपाधि : Icon Khabar

काठमाडौं, माघ २६ । काष्ठमण्डपले नवौं एक्सेल्सियर कपमा बिहीबार दोहोरो उपाधि जितेको छ । काष्ठमण्डप गल्र्स बास्केटबल र यु–१२ ब्वाइज फुटबलमा च्याम्पियन बन्यो । स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा भएको गल्र्स बास्केटबल फाइनलमा काष्ठमण्डपले संस्कृति इन्टरनेसनल स्कुललाई १९–१८ को झीनो अन्तरले पराजित गर्यो ।

काष्ठमण्डपकी हस्ना अर्यालले ८ स्कोर गरिन् । यु–१२ ब्वाइज फुटबलको फाइनलमा काष्ठमण्डपले आयोजक एक्सेल्सियरलाई २–१ गोलअन्तरले हरायो । काष्ठमण्डपका लागि दुवै गोल सुप्रिम बोहराले गरे । एक्सेल्सियरका कृष पाण्डेले १ गोल फर्काए । यु–१६ ब्वाइज फुटबलमा न्यु इराले उपाधि चुम्यो । न्यु इराले उपाधि भिडन्तमा ग्रिनफिल्ड नेसनल स्कुललाई १–० गोलले पाखा लगायो । न्यु इराका पेम्बा तामाङले निर्णायक गोल गरे ।

सिनियर ब्वाइज बास्केटबलमा स्वर्ण जितेको जेनिथले फाइनलमा रेडिअन्ट पब्लिकमाथि ६८–५८ को जित दर्ता ग¥यो । जेनिथका सुशिल शाहीले ३४ स्कोर गरे । सिनियर ब्वाइज बास्केटबलको ब्वाइजमा जेनिथका सुशिल शाही तथा गल्र्समा काष्ठमण्डपकी रिया राई ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा क्लिन्टन तथा गल्र्समा पाठशाला नेपाल फाउन्डेसन अनुशासित टिम बने ।

यु–१६ फुटबलमा न्यु इराकाद्वय पेम्बा तामाङ उत्कृष्ट खेलाडी तथा निरोभ रायमाझी उत्कृष्ट गोलरक्षक चुनिए । श्री सञ्जय साइ अनुशासित टिम ठहरियो । यु–१२ फुटबलमा काष्ठमण्डपका सहज ढकाल उत्कृष्ट खेलाडी तथा एक्सेल्सियरका अन्शुमान वैद्य उत्कृष्ट गोलरक्षक बने । रिब्सले अनुशासित टिमको उपाधि पायो ।

विजेतालाई पूर्व सांसद् गीता राणा, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन, एक्सेल्सियरका प्रबन्ध निर्देक राम बस्नेत, प्रतियोगिता संयोजक महेशमल्ल ठकुरी, एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । आठदिने प्रतियोगिताको बास्केटबलतर्फ ब्वाइज/गल्र्समा समान १३–१३ टिम सहभागी थिए । फुटबलको यु–१२ मा १४ तथा यु–१६ मा १६ टिमले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 February 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू