एकै दिन २२ सय रुपैंयाँले घट्यो सुनको भाउ

एकै दिन २२ सय रुपैंयाँले घट्यो सुनको भाउ : Icon Khabar

काठमाडौं, मंसिर ३० । नेपाली बजारमा आज (आइतबार) सुन चाँदीको ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा २२ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको थियो ।

Published Date: 15 December 2024


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता