नेपाल प्रिमियर लिग – सन्दीप र दीपेन्द्रको टोली भिड्दै

नेपाल प्रिमियर लिग – सन्दीप र दीपेन्द्रको टोली भिड्दै : Icon Khabar

काठमाडौं, मंसिर १८ । नेपाल प्रिमियर लिग(एनपिएल) मा आजको पहिलो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

विराटनगर सन्दीप लामिछाने र सुदूरपश्चिम दीपेन्द्र सिंह ऐरीको कप्तानीमा खेल्नेछ। खेल कीर्तिपुरमास्थित टियु क्रिकेट मैदानमा बिहान ९:०० बजे सुरु हुनेछ ।

विराटनगर दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । सुदूरपश्चिम भने पहिलो खेल खेल्दैछ ।

आजै हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स खेल्दै छन् । खेल दिउँसो १:०० बजे सुरु हुनेछ ।

कुशल मल्लको कप्तानीमा रहेको चितवन लगातार दोस्रो जितको खोजीमा रहनेछ । चितवनले पहिलो खेलमा सोमवार काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पहिलो खेल खेल्दैछ ।

पुस ६ गतेसम्म चल्ने एनपिएलमा ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।

Published Date: 03 December 2024








ताजा
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्यो
अरनिको राजमार्ग सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार आयोजनाको काम सुस्त
आईपिएलमा चेन्नईको ऐतिहासिक जित: मुम्बई १०३ रनले पराजित
२०औं लोकतन्त्र दिवस: संघीय लोकतान्त्रिक गणतन्त्रको जगका रूपमा आज देशभर मनाइँदै








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा