टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु : Icon Khabar

दाङ, मंसिर १८ । दाङमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटसाइकलको पछाडि बस्ने अर्का घाइते छन् । ठक्करबाट मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–१९ कुटीचौरका १९ वर्षीय सुदीप बुढाथोकीको मृत्यु भएको छ ।

उनको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले बताए । मोटरसाइकलको पछाडि बस्ने तुलसीपुर वडा नम्बर १७ का २२ वर्षीय दीपक बस्नेत घाइते छन् ।

सोमबार बेलुका करिब साढे ६ बजेतिर घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख १२९१ नम्बरको टिपरले एकै दिशातर्फ आउँदै गरेको रा ७ प ७४६ नम्बरको मोटरसाइकललाई उपमहानगरपालिका वडा नम्बर १० झारबैरा चोकमा ठक्कर दिएको थियो । टिपर चालक घोराही उपमहानगरपालिका–११ डोक्रेनाका ४० वर्षीय जितबहादुर चौधरी प्रहरी नियन्त्रणमा छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Published Date: 03 December 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर