आइतबार सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले बढ्यो

आइतबार सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, मंसिर ९ । घरेलु बजारमा आज पनि सुनको मूल्य बढेको छ । गत शुक्रबार प्रतितोला १५ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएको छ ।

Published Date: 24 November 2024




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक