भक्तपुर, मंसिर ७ । भक्तपुरको भिमसेनस्थानस्थित आदर्श आजाद माध्यमिक विद्यालयले आफ्नो ६५ औं र आदर्श आजाद कलेजको १६ औं वार्षिकोत्सव गत बिहिबार सम्पन्न गरेको छ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यतामा सम्पन्न सो वार्षिकोत्सव कार्यक्रममा शिक्षक, सम्मान तथा पुरस्कार वितरण पनि गरिएको थियो।
अध्यक्ष बिजुक्छेँले विद्यार्थीहरूमा रहेको विदेश जाने सोच शिक्षकहरूले परिवर्तन गर्न सक्ने उल्लेख गर्दै उनले शिक्षक देशभक्त भए विद्यार्थीहरू पनि देशभक्त हुने बताए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले भनपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणमा गर्दै आएका क्रियाकलापको चर्चा गर्दै मंसिर २८ देखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सव सफल पार्न सम्पूर्ण नगरवासीको उत्साहजनक सहभागी र सहयोगको लागि अनुरोध गरिन्।
कार्यक्रममा कलेजमा दीर्घ सेवा गरेका प्रा. सिद्धिरत्न शाक्यलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । प्रधानाध्यापक श्रीकृष्ण किसीले विद्यालय र कलेजको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने सहायक प्रअ चक्रबहादु चाकतुले स्वागत र प्लस टु इन्चार्ज राकेश सुकुपायोले धन्यवादज्ञापन गरेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, कलेज व्यवस्थापन समितिका अध्यक्ष उद्धव सुजखूले,नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापति, सार्वजनिक मावि संयुक्त परीक्षा समितिका अध्यक्ष रोशनराज तुइतुईले बोलेका थिए ।
उक्त समारोहमा विद्यालयमा अध्ययनरत ९० जना विद्यार्थीले छात्रबृति पाए। त्यसैगरी कक्षागत रूपमा उत्कृष्ट ७२ जनाले पुरस्कार पाए भने १८१ जना अतिरिक्त क्रियाकलापका विद्यार्थीहरुलाई मेडल प्रमाण पत्र प्रदान गरिएको थियो। यो संगै ४८ जना शिक्षकहरुलाई सम्मान पनि गरिएको थियो।
Published Date: 24 November 2024
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1