काठमाडौँ, मंसिर ९ । सन् २०२४ को १० महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर २१ लाखभन्दा बढी यात्रुले बाह्य मुलुकको यात्रा गरेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सो अवधिमा भएका २८ हजार ८२ उडान–अवतरणमार्फत ३८ लाख २७ हजार ३११ यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका हुन्, जसमध्ये २१ लाख ४६ हजार १८७ यात्रु बाहिरिएका छन् भने १८ लाख ४६ हजार १८७ यात्रु भित्रिएका छन् ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, “सन् २०२४ को अक्टोबरसम्म ३८ लाखभन्दा बढी यात्रुले बाह्यतर्फको उडान सेवा लिएका छन् । अक्टोबरमा मात्रै गत वर्षभन्दा ६० हजारभन्दा बढी यात्रुले अन्तर्राष्ट्रिय हवाई सेवा लिएका छन् ।”
सन् २०२३ को अक्टोबरमा चार लाख ६२ हजार २४० यात्रुले ओहोरदोहोर गरेका थिए भने सन् २०२४ को सोही अवधिमा पाँच लाख आठ हजार ११६ यात्रुले हवाई सेवा लिएका छन् ।
Published Date: 24 November 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1