म्यानचेस्टर सिटीमाथि टोटेनहमको सानदार जित

म्यानचेस्टर सिटीमाथि टोटेनहमको सानदार जित : Icon Khabar

काठमाडौं, मंसिर ९ । म्यानचेस्टर सिटी प्रिमियर लिगमा टोटनहम हटस्परसंग फराकिलो गोलअन्तरले पराजित भएको छ ।

सनिवार राति भएको खेलमा साविक विजेता समेत रहेको म्यानचेस्टर सिटी टोटनहम हटस्परसंग ४–० को फराकिलो गोलअन्तरले पराजित भएको हो ।

सिटीको घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा बलियो सिटीलाई पराजित गर्न जेम्स म्याडिसनले दुई गोल गर्दा पेड्रो पोरो र ब्रेनान जोनसनले एक–एक गोल थपे ।

खेल सुरु भएको १३ औं मिनेटमा डिजेन कुलुसेभ्स्कीको पासमा म्याडिसनले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि २० औं मिनेटमा सन ह्युङ मिनको पासमा म्याडिसनले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा स्पर्सका रुपमा समेत चिनिने टोटनहम २–० ले अघि बढ्यो ।

यता, दोस्रो हाफको ५२ औं मिनेटमा डोमिनिक सोलान्केको पासमा पोरोले गोल थप्दा स्पर्स ३–० को आरामदायी अग्रता सहित अघि बढ्यो ।

त्यस्तै, खेलको इन्जुरी समयको तेस्रो मिनेटमा टिमो वार्नरको पासमा जोनसनले गोल थप्दा टोटनहम ४–० ले विजयी भयो ।

फराकिलो जितसंगै टोटनहमले १२ खेलबाट १९ अंक जोडेर लिग तालिकाको छैटौं स्थानमा उक्लिएको छ । पराजित सिटीको भने समान १२ खेलबाट २३ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।

Published Date: 24 November 2024




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक