फ्रान्ससँग इटालीको हार

फ्रान्ससँग इटालीको हार : Icon Khabar

काठमाडौं, मंसिर ३ । युरोपेली नेसन्स कपमा आइतबार फ्रान्सले इटालीलाई ३-१ ले हराएको छ ।

लिग ए समूह २ बाट क्वाटरफाइनलमा पुगिसकेका दुई टोलीबीच नतिजापछि फ्रान्स समूह विजेता बनेको छ । एक गोलको अन्तरले पराजित भएको अवस्थामा इटाली समूह विजेता बन्ने समीकरण थियो ।

सानसिरोमा भएको खेलमा फ्रान्सका मिडफिल्डर रेबियटले २ गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। इटालीका आन्द्रो काम्बासियोले गोल गरे ।

रेबियटले दोस्रो मिनेटमा गोल गर्दै टोलीलाई अघि बढाए । ३३ औं मिनेटमा इटालीका भिकारियोले आत्मघाती गोल गरे। ३५औं इटालीका काम्बिसियो गोलले इटालीले खेलमा फर्कने कोशिस गर्यो। ६५ औं मिनेटमा रेबियटले अर्को गोल गरे ।

सन् १९८३ यता घरेलु मैदानमा इटालीको यो सबैभन्दा ठूलो अन्तरको हार पनि हो । सोही समूहको अर्को खेलमा इजरायलले बेल्जियमलाई १-० ले हरायो ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 November 2024
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने