भारतमा सुरू भयो आईफोन १७ को उत्पादन

भारतमा सुरू भयो आईफोन १७ को उत्पादन : Icon Khabar

काठमाडौं, कार्तिक २३ । भारतमा आईफोन १७ उत्पादनको प्रक्रिया अघि बढेको छ । एप्पलको निर्माण साझेदार फक्सकनले भारतस्थित बेंगलुरुमा रहेको कारखानामा आईफोन १७ को बेस (आधारभूत) मोडेल उत्पादन गर्ने प्रक्रिया थालेको हो ।

यसलाई एप्पलका लागि भारतमा निर्माण प्रयासको एउटा ‘उल्लेखनीय उपलब्धि’ मानिएको छ । यसअघि यस्तो स्तरको उत्पादन प्रक्रिया मुख्यतया चीनमा हुँदै आएको थियो । एप्पलले आफ्नो उत्पादन प्रक्रियालाई विविधीकरण गर्ने र चीनमाथिको निर्भरता कम गर्ने उद्देश्यले यो कदम चालेको बताइएको छ । भारतको बढ्दो उत्पादन क्षमता र ठूलो उपभोक्ता बजारलाई मध्यनजर गर्दै एप्पलले यहाँ लगानी बढाइरहेको छ ।

म्याक र्‍युमर्सका अनुसार आईफोन १७ मोडलले यसअघि नै प्रारम्भिक विकास चरण पार गरिसकेको छ । यसअन्तर्गत भारतीय इन्जिनियरहरूले क्यालिफोर्नियामा तयार भएका प्रोटोटाइपसँग मिल्ने गुणस्तरको आईफोन बनाउन सक्छन् कि भनेर मूल्याङ्कन भइरहेको छ ।

आईफोन १७ मा हुने विशेषताबारे हालसम्म आधिकारिक जानकारी आएको छैन । एप्पल सप्लाई चेन एनालिस्ट जेफ पूले केही सम्भावित विशेषता अनुमान गरेका छन् ।

उनका अनुसार यो बेस मोडेलमा ६.१ इन्चको डिस्प्ले, ए१९ चिप, ८ जीबी र्‍याम, अगाडिपट्टि २४ मेगापिक्सल क्यामेरा, पछाडि ४८ मेगापिक्सल फ्युजन र १२ मेगापिक्सल अल्ट्रा वाइडका क्यामेरा र आल्मुनियम केससहित आईफोन १७ मा उत्पादन हुनसक्छ । यी विशेषतालाई आधार मान्ने हो भने आईफोन १७ को बेस मोडेल आईफोन १६ भन्दा धेरै फरक हुने छैन ।

अल्ट्रा थिन आईफोन १७, आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्सका मुख्य निर्माण स्थान भने चीनमै रहनेछ । अल्ट्रा थिन आईफोन १७ मा ४८ मेगापिक्सलको एउटा रियर क्यामेरा र ८ जीबी र्‍याम जस्ता विशेषता रहने अनुमान छ । त्यस्तै आईफोन १७ प्रो मोडेलहरूमा ४८ मेगापिक्सल टेलिफोटो क्यामेरा र १२ जीबी र्‍याम हुनेछ ।

आईफोन १७ सिरिज अर्को वर्षको सेप्टेम्बरमा सार्वजनिक हुने सम्भावना छ ।

Published Date: 08 November 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग