यु-१९ महिला विश्वकप क्रिकेट छनोट : नेपालले आज युएईविरुद्व खेल्ने

यु-१९ महिला विश्वकप क्रिकेट छनोट : नेपालले आज युएईविरुद्व खेल्ने : Icon Khabar

काठमाडौं, कार्तिक २४ । आईसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्व खेल्ने भएको छ ।

नेपालले तेस्रो खेलमा शनिवार युएईको सामना गर्दैछ । नेपाल र घरेलु टोलीबीचको खेल युएईको अजमानमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाल र युएई दुवैको यो तेस्रो खेल हो ।

दुवै टोलीले थाइल्याण्ड र कुवेतमाथि फराकिलो जित हासिल गरेका थिए । नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । दाोस्रो खेलमा कुवेतलाई १ सय ८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

उता, युएईले पहिलो खेलमा कुवेतलाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा युएईले थाइल्याण्डलाई ७४ रनले पराजित गरेको थियो ।

कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता छ । नेपालको चौथो खेल कात्तिक २५ गते थाइल्यान्डसँग हुनेछ । पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसँग खेल्ने नेपालको‌ अन्तिम खेलमा कात्तिक २८ गते युएईसँग रहेको छ।

छनोटको शीर्ष टोली विश्व कपका लागि छनोट हुनेछ । विश्व कप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

नेपाली टोली

सोनी पाख्रिन, मनिषा उपाध्याय, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, साबित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी

Published Date: 09 November 2024






ताजा
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने
बालप्रतिभाको रंगीन झल्को: मर्निङ्ग ग्लोरीको ७औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता