बाढी, पहिरोका कारण पुगेको क्षतिमा हालसम्म साढे १० अर्ब रुपैयाँ बराबरको माग दाबी, ४७ करोड मात्रै भुक्तानी

बाढी, पहिरोका कारण पुगेको क्षतिमा हालसम्म साढे १० अर्ब रुपैयाँ बराबरको माग दाबी, ४७ करोड मात्रै भुक्तानी : Icon Khabar

काठमाडौं, कार्तिक २३ । गत असोज १० पछिको बाढी, पहिरो र डुबानका कारण पुगेको क्षतिमा हालसम्म बिमा कम्पनीहरुमा साढे १० अर्ब रुपैयाँ बराबरको माग दाबी परेको छ । नेपाल बिमा प्राधिकरणको कात्तिक २१ गतेसम्मको तथ्यांक अनुसार बिमा कम्पनीहरुमा कुल १० अर्ब ५३ करोड २७ लाख ८८ हजार रुपैयाँ बराबरको माग दाबी परेको हो ।

३ हजार ४ सय ६० दाबी संख्याबाट सो मागदाबी गरिएको हो । कात्तिक २१ गतेसम्म ४७ करोड ११ लाख ५८ हजार रुपैयाँ बराबरको मात्रै बिमा दाबी भुक्तानी भएको प्राधिकरणले जनाएको छ । यो रकम अग्रीम दाबी भुक्तानी सहितको हो ।

नियामक निकाय बिमा प्राधिकरणले छिटो र सरल रुपमा दाबी भुक्तानी गर्न कम्पनीहरुलाई निर्देशन दिएपनि दाबी संख्याको आधारमा फछ्यौंट रकम निकै कम हो । गत बुधबारसम्म ६३७ वटा दाबीको मात्र भुक्तानी भएको बिमा प्राधिकरणले जनाएको छ । यो असोज १० देखि कात्तिक २१ गते सम्मको तथ्यांक हो । दाबी पर्ने क्रम चलिरहेकाले दाबी संख्या र रकम अझै बढ्ने सम्भावना रहेको प्राधिकरणले बताएको छ ।
।
प्राधिकरणका अनुसार १४ निर्जीवन बिमा कम्पनी र ४ वटा लघु निर्जीवन बिमा कम्पनी सहित कूल १८ वटा बिमा कम्पनीमा साढे १० अर्ब दावी पर्दा जम्मा ४७ करोड मात्रै भुक्तानी गरेका छन् । यस अवधिमा १५ वटा बिमा कम्पनीले ४७ करोड ११ लाख ५८ हजार ६२७ रुपैयाँ दावी भुक्तानी गरेका छन् ।

प्राधिकरणका अनुसार दावी भुक्तानी तिर्नेमा सबैभन्दा अगाडि शिखर इन्सुरेन्स रहेको छ । जसले २५ करोड १९ लाख ८८ हजार ५५८ रुपैयाँ दावी भुक्तानी गरेको छ । त्यस्तै, सिद्धार्थ प्रिमिय इन्सुरेन्सले ७ करोड ६७ लाख रुपैयाँ दावी तिरेको छ । सलिकोले ४ करोड ३८ लाख रुपैयाँ दावी भुक्तानी गर्दा हिमालयन एभरेष्ट इन्सुरेन्सले ३ करोड ५५ लाख रुपैयाँ तिरेको छ ।

यसैगरी, नेको इन्सुरेन्सले २ करोड ३४ लाख ९३ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ ।आईजिआई प्रुडेन्सियल इन्सुरेन्सले १ करोड २५ लाख रुपैयाँ, एनएलजी इन्सुरेन्सले ५६ लाख ६९ हजार रुपैयाँ, सानिमा जिआईसीले ७८ लाख २५ हजार रुपैयाँ, नेपाल इन्सुरेन्सले ९८ लाख ७७ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । त्यस्तै, प्रभु इन्सुरेन्सले ५१ लाख १२ हजार रुपैयाँ, युनाईटेड अजोड इन्सुरेन्सले ५१ लाख रुपैयाँ, दि ओरियन्टल इन्सुरेन्से ७२ लाख रुपैयाँ, नेशनल इन्सुरेन्सले २२ लाख रुपैयाँ भुक्तानी गरेकोे छ ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी सिद्धार्थ प्रिमियर इन्सुरेन्समा २ अर्ब ५६ करोड १५ लाख रुपैयाँ बढीको माग दाबी परेको छ । ओरिएन्टल इन्सुरेन्समा १ अर्ब ५० करोड ७८ लाख रुपैयाँ बराबरको माग दाबी परेको छ भने शिखर इन्सुरेन्समा १ अर्ब ३ करोड ९५ लाख ७० हजार रुपैयाँ बराबरको माग दाबी परेको छ । नेको इन्सुरेन्समा १ अर्ब २ करोड ४६ लाख ८८ हजार रुपैयाँ, हिमालयन एभरेष्टमा ९४ करोड ९० लाख १५ हजार रुपैयाँ, सगरमाथा लुम्बिनीमा ६७ करोड १० लाख १७ हजार रुपैयाँ बराबरको माग दाबी परेको छ ।

उता निर्जीवन लघु बिमकमध्ये स्टार माइक्रोले १० वटा दाबीको ३६ लाख ६५ हजार रुपैयाँ, ट्रस्ट माइक्रोले ४ वटा दाबीको १५ लाख २० हजार रुपैयाँ, नेपाल माइक्रोले ४ वटा दाबीको ४ लाख रुपैयाँ र प्रोटेक्टिभ माइक्रोले ७ वटा दाबीको २ लाख ६० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । हालसम्म नेपाल माइक्रोले २ वटा दाबीको २५ हजार ६८९ रुपैयाँ भुक्तानी गरेको छ भने बाँकी ३ लघु बिमकले

गत असोज १० देखि परेको अविरल वर्षाले पुर्याएको क्षतिमध्ये सम्पति बिमामा सबैभन्दा बढी दाबी परेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार कात्तिक २१ गतेसम्ममा सम्पति बिमामा ७ अर्ब ९१ करोड ८९ लाख रुपैयाँ बराबरको दाबी आएको छ । कम्पनीहरुले हालसम्म ३८ करोड ९५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् । कम्पनीहरुले १ हजार ६७८ वटा दाबी परेकोमा हालसम्म ३०४ वटा सम्पति बिमा दाबीको भुक्तानी भएको छ।

Published Date: 08 November 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक