एक्सेल्सियर कप यु–१२ ब्वाइज फुटबलको सेमिफाइनलमा काष्ठमण्डप र एक्सेल्सियर प्रवेश

एक्सेल्सियर कप यु–१२ ब्वाइज फुटबलको सेमिफाइनलमा काष्ठमण्डप र एक्सेल्सियर प्रवेश : Icon Khabar

काठमाडौँ, माघ २४ । काष्ठमण्डप र आयोजक द एक्सेल्सियर स्कुल रातो टिम नवौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

काष्ठमण्डपले स्वस्तिश्रीलाई ५–० गोलले पराजित गर्यो । विजेताका सहज ढकालले ४ तथा सुप्रिम बोहराले १ गोल गरे । एक्सेल्सियर रातोले आफ्नै पहेलो टोलीलाई १–० गोलले हरायो । साहिलराज थापाले निर्णायक गोल गरे ।

सोही स्पर्धामा रेडिअन्ट पब्लिक र संस्कृति पनि सेमिफाइनलमा पुगे । रेडिअन्टले बृहस्पति विद्या सदनलाई २–० गोलले पाखा लगायो । रेडिअन्टका साम्देन लामा र प्रवेशले १–१ गोल गरे । संस्कृतिले रिब्समाथि २–० को जित आत्मासात् गर्यो। संस्कृतिका सहज भण्डारीले दुवै गोल गरे ।
यु–१६ ब्वाइज फुटबलमा ग्रिनफिल्ड, श्री सञ्जय साइ, न्यु इरा र हार्टल्यान्ड एकेडेमीले सेमिफाइनलमा स्थान बनाए ।

ग्रिनफिल्डले एलआरआईलाई ६–० ले पाखा लगायो । ग्रिनफिल्डका आयुश दुतराजले ३, धर्विन्द्र बोहराले २ र सम्राट खड्काले १ गोल गरे । श्री सञ्जय साइले होली भिजनलाई ४–३ ले पन्छायो । विजेताका प्रयास घिमिरेले २ तथा उन्नत थापा र उज्ज्वलराज कपालीले १–१ गोल गरे । न्यु इराले एनआईसी एकेडेमीलाई ३–२ गोलले निराश पार्यो । न्यु इराका विक्रान्त खतिवडाले ह्याट्रिक गरे ।

एनआईसीका स्लोक पौडेल एक गोल फर्काए भने एक गोल आत्माघाती रह्यो । हार्टल्यान्डले एक्सेल्सियरमाथि ७–० को आरामदायी जित निकाल्यो । विजेताका प्रशान्त धामीले ह्याट्रिक गरे भने करण लामा र अनिश पुजाराले २–२ गोल थपे ।

Published Date: 07 February 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक