यौन शक्ति बढाउन अपनाउनुस यस्ता घरेलु उपायहरु

यौन शक्ति बढाउन अपनाउनुस यस्ता घरेलु उपायहरु : Icon Khabar

काठमाडौँ, माघ २४ । यौन दुर्वलता धेरै मानिसका लागि पीडाको विषय बनेको छ । यो समस्या समाधान गर्न धेरै औषधिको प्रयोग गर्दा पनि समस्या समाधान हुँदैछ ।जसले स्वास्थ्यमा दीर्घकालीन समस्या उत्पन्न हुनसक्छ । यौनशक्ति बढाउन घरेलु उपाय नै लाभान्वित हुने गरेको अनुसन्धानबाट खुलेको छ । अव्यवस्थित खानपान, तनावपूर्ण जीवनशैलीलगायतका कारण यस्ता समस्या आउने गरेका छन् ।

त्यसैले यौन शक्ति बढाउन सबैभन्दा पहिले तपाईंले खानपानमा सुधार गर्नुपर्छ र सन्तुलित भोजन खानुपर्छ । शरीरका लागि चाहिने आवश्यक पोषक तत्व पहिचान गरी खाने गरेका यस्ता समस्या आउँदैनन् । साथै शारीरिक कसरत पनि जारी राख्नुपर्छ । अव्यवस्थित खानपान र कसरत नगर्दा अन्य रोगको सिकार हुनुका साथै यौन दूर्वलता पनि बढ्ने गरेको छ ।दैनिक आधा घण्टा हिँड्ने मानिसलाई हत्तपत्त

कुनै पनि स्वास्थ्य समस्या आउँदैन । त्यसैले खानपिनमा सुधारका साथै नियमित कसरत गर्नु सबैभन्दा ठूलो ओखति हुनेछ । त्यसबाहेक यौन शक्ति बढाउन निम्न घरेलु उपाय अपनाउन सक्नुहुनेछ ।

दालचिनी : दुई ग्राम दालचिनीको धुलोलाई दैनिक बिहान दूधसँग घोलेर पिउने गर्नुभएका यौन दुर्वलताको समस्या समाधान हुनेछ ।

जाईफ़ल : जाईफ़ललाई नियमित सेवन गर्नाले पनि यौन दुर्वलता टाढा भाग्छ । बिहान सबेरै एक ग्राम जाईफ़लको धुलोलाई पिउने पानीमा घोलेर दैनिक सेवन गरेका केही दिनमा तपाईंमा परिवर्तनको महशुस हुनेछ।

लसुन : दुई सय ग्राम लसुन पिसेर त्यसमा ६० मिलिग्राम मह मिलाउनुहोस र बिक्रो भएको सिसिमा राख्नुहोस । त्यसलाई एक महिनासम्म सुरक्षित स्थानमा राख्नुहोस ।यसरी तयार भएको सामग्रीलाई ३१ औ दिनदेखि ४० औ दिनसम्म दिनमा १० ग्राममात्रा बनाएर खानुहोस । यसले यौन शक्ति बढाउने छ ।

खजुर : बिहानी समयमा दुई दाना खजुरलाई नियमित खाने गर्नुहोस् । अथवा उक्त खजुरलाई घ्यूमा भुटेर त्यसमा अलैची, सख्खर हालेर त्यसमा दूघ मिसाएर सेवन गर्नुभएमा यौन दूर्वलता हट्नुका साथै यौन शक्ति बढ्नेछ ।

तुलसी : १५ ग्राम तुलसी र ३० ग्राम सेतो मुसलीलाई पिसेर मसिनो धुलो बनाउनुहोस् । त्यसमा ६० ग्राम मिश्री हालेर एक सिसिमा राख्नुहोस् ।तयार पारिएको धुलोलाई औषधिका रुपमा तपाईंले प्रयोग गर्न सक्नुहुनेछ । दैनिक पाँच ग्रामको मात्रा बनाएर बिहान र बेलुका दूधमा घोलेर खाने गर्नुभएका यौन दुर्वलता समाधान हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
10
+1
2
+1
2
+1
2
+1
0
Published Date: 07 February 2023
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित