साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा मंगलबार भारत माथि नेपालको जित

साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा मंगलबार भारत माथि नेपालको जित : Icon Khabar

काठमाडौं, माघ २४ । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले मंगलबार भारतलाई पराजित गर्दै उपाधिको दावेदारी कायमै राखेको छ ।

ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मोस्तफा कमल रंगशालामा जारी लिग चरणको तेस्रो खेलमा नेपालले भारतलाई ३–१ गोल ​​अन्तरले पराजित गर्दै ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

राउण्ड रोबिन लिगको फाइनल खेलमा भुटान र बंगलादेश भिड्दैछन् । बंगलादेश ४ अंकसहित दोस्रो स्थानमा छ । भुटान दुई खेलमा अंकविहीन भएपछि उपाधिको दौडबाट बाहिरिएको छ ।

प्रतियोगितामा नेपालसँगै आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिन लिगका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 February 2023
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित