मंगलबार शेयर बजारमा हरियाली

मंगलबार शेयर बजारमा हरियाली : Icon Khabar

काठमाडौं, माघ २४ । मंगलबार नेप्से परिसूचक ३.६५ प्रतिशत अर्थात ७६.६४ अंक घटेर २१७७.३४ विन्दुमा पुगेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १२.८५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.४२ अंक बढेको छ।

मंगलबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधकि ६.२५ प्रतिशत बढेको छ। त्यसैगरी,आज विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन करिब साढे १ अर्बको कारोबार भएको बजारमा आज २६० स्टकको ५९ हजार ९२७ पटकको कारोबारमा ३ अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको ९३ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

Published Date: 07 February 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक