सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको छ : प्रधानमन्त्री दाहाल

सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको छ : प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौं, माघ २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले सरकारी बिदालाई पुनर्विचार गर्न आवश्यक भएको कुरा बताए।

प्रधानमन्त्री दाहालले भने, ‘यसमा पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौं, गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ। हामीले गणतन्त्र दिवस मनाउँछौं, प्रजातन्त्र दिवस मनाउँछौं, लोकतन्त्र दिवस मनाउँछौं । तर, ती सबै कार्यक्रमको चरित्र एउटै छ । त्यसलाई कसरी एकीकृत गर्ने, राष्ट्रिय दिवसमा जनताको सहभागिता कसरी गर्ने भन्नेबारे पनि छलफल आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 February 2023
Website | + posts