दिल्लीबाट काठमाडौं आएको भिस्ताराको जहाजमा बम राखेको हल्ला, सुरक्षा जाँच गरिंदै

दिल्लीबाट काठमाडौं आएको भिस्ताराको जहाजमा बम राखेको हल्ला, सुरक्षा जाँच गरिंदै : Icon Khabar

काठमाडौ, कार्तिक ६ ।  भारतको राजधानी नयाँदिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरलाइन्सको जहाजमा बम रहेको हल्ला आएपछि विमानस्थलले आवश्यक सुरक्षा सतर्कता अपनाएको छ । मंगलबार दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको भिस्तारा एयरलाइन्सको  युके १५५ उडान नम्बरको जहाजमा बम रहेको सूचना प्राप्त भएपछि आवश्यक सतर्कता अपनाइएको विमानस्थल स्रोतले जनाएको छ ।

जहाजमा बम राखेको फोन दिल्लीबाटै आएको विमानस्थल स्रोतले जनाएको छ । बम राखेको खबर पाइएपछि नेपाली सेनाको कमाण्डमा सुरक्षा निकायले जहाजको खानतलासी थालेको छ । यद्दपि विमानस्थलबाट हुने जहाजहरुको उडान र अवतरण भने रोकिएको छैन ।

अहिले प्रहरीले भिस्तारा एयरलाइन्सबाट आएका यात्रुहरूको सुरक्षा जाँच गरिरहेको छ । यात्रु र विमानको आवश्यक सुरक्षा जाँच गरेपछि मात्रै वास्तविकता थाहा हुने विमानस्थल स्रोतले बताएको छ । उक्त जहाज मंगलबार दिउँसो ४ः३० बजे अवतरण भएको हो । पछिल्लो समयमा भारतीय विमान सेवामा बम राखिएको धम्की बारम्बार आइरहेका छन् । सबैजसो विमान कम्पनीले बम भएको धम्की खेप्दै आएका छन् ।

केही दिनअघि अमेरिकाको सिकागो जाँदै गरेको एयर इन्डियाको उडान क्यानडाको एउटा विमानस्थलमा बमको धम्कीपछि डाइभर्ट गरिएको थियो । दिल्लीबाट उडेको विमानलाई अनलाइन बमको धम्की प्राप्त भएपछि क्यानाडातर्फ डाइभर्ट गरिएको हो । उक्त विमान क्यानाडाको इक्लुइट विमानस्थलमा अवतरण गराइएको एजेन्सीहरूले उल्लेख गरेका छन् । यस्तै  मुम्बईबाट न्युयोर्कका लागि उडेको एयर इन्डियाको विमानलाई बमको धम्कीपछि दिल्लीतर्फ डाइभर्ट गरिएको थियो । तर, चेकजाँचका क्रममा कुनै शंकास्पद वस्तु भेटिएको थिएन ।

Published Date: 22 October 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा