दिल्लीबाट काठमाडौं आएको भिस्ताराको जहाजमा बम राखेको हल्ला, सुरक्षा जाँच गरिंदै

दिल्लीबाट काठमाडौं आएको भिस्ताराको जहाजमा बम राखेको हल्ला, सुरक्षा जाँच गरिंदै : Icon Khabar

काठमाडौ, कार्तिक ६ ।  भारतको राजधानी नयाँदिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरलाइन्सको जहाजमा बम रहेको हल्ला आएपछि विमानस्थलले आवश्यक सुरक्षा सतर्कता अपनाएको छ । मंगलबार दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको भिस्तारा एयरलाइन्सको  युके १५५ उडान नम्बरको जहाजमा बम रहेको सूचना प्राप्त भएपछि आवश्यक सतर्कता अपनाइएको विमानस्थल स्रोतले जनाएको छ ।

जहाजमा बम राखेको फोन दिल्लीबाटै आएको विमानस्थल स्रोतले जनाएको छ । बम राखेको खबर पाइएपछि नेपाली सेनाको कमाण्डमा सुरक्षा निकायले जहाजको खानतलासी थालेको छ । यद्दपि विमानस्थलबाट हुने जहाजहरुको उडान र अवतरण भने रोकिएको छैन ।

अहिले प्रहरीले भिस्तारा एयरलाइन्सबाट आएका यात्रुहरूको सुरक्षा जाँच गरिरहेको छ । यात्रु र विमानको आवश्यक सुरक्षा जाँच गरेपछि मात्रै वास्तविकता थाहा हुने विमानस्थल स्रोतले बताएको छ । उक्त जहाज मंगलबार दिउँसो ४ः३० बजे अवतरण भएको हो । पछिल्लो समयमा भारतीय विमान सेवामा बम राखिएको धम्की बारम्बार आइरहेका छन् । सबैजसो विमान कम्पनीले बम भएको धम्की खेप्दै आएका छन् ।

केही दिनअघि अमेरिकाको सिकागो जाँदै गरेको एयर इन्डियाको उडान क्यानडाको एउटा विमानस्थलमा बमको धम्कीपछि डाइभर्ट गरिएको थियो । दिल्लीबाट उडेको विमानलाई अनलाइन बमको धम्की प्राप्त भएपछि क्यानाडातर्फ डाइभर्ट गरिएको हो । उक्त विमान क्यानाडाको इक्लुइट विमानस्थलमा अवतरण गराइएको एजेन्सीहरूले उल्लेख गरेका छन् । यस्तै  मुम्बईबाट न्युयोर्कका लागि उडेको एयर इन्डियाको विमानलाई बमको धम्कीपछि दिल्लीतर्फ डाइभर्ट गरिएको थियो । तर, चेकजाँचका क्रममा कुनै शंकास्पद वस्तु भेटिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 October 2024
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने