भक्तपुरमा लागुऔषधसहित औषधि पसल सञ्चालकहरू पक्राउ

भक्तपुरमा लागुऔषधसहित औषधि पसल सञ्चालकहरू पक्राउ : Icon Khabar

काठमाडौ, कार्तिक ६ । भक्तपुरमा लागुऔषधसहित औषधि पसल सञ्चालकहरू पक्राउ परेका छन् ।

प्रहरीले मध्यपुरथिमि नगरपालिका-१, लोकन्थलीमा औषधि पसल सञ्चालकहरू सिरहाको नरह गाउँपालिका-२ का ३० वर्षीय रोहित सिंह र दाङको घोराही उपमहानगरपालिका-१५ का २२ वर्षीय बलिराम खड्कालाई पक्राउ गरेको छ ।

औषधि पसलबाट लागुऔषधको कारोबार भएको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उनका अनुसार उनीहरूको पसलबाट ट्यापेन्टाडोल १३० ट्याब्लेट र ट्यापेन्टाडोल १०० एमजी ५५ वटा ट्याब्लेट नियन्त्रणमा लिएको छ ।

Published Date: 22 October 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा