भक्तपुरमा लागुऔषधसहित औषधि पसल सञ्चालकहरू पक्राउ

भक्तपुरमा लागुऔषधसहित औषधि पसल सञ्चालकहरू पक्राउ : Icon Khabar

काठमाडौ, कार्तिक ६ । भक्तपुरमा लागुऔषधसहित औषधि पसल सञ्चालकहरू पक्राउ परेका छन् ।

प्रहरीले मध्यपुरथिमि नगरपालिका-१, लोकन्थलीमा औषधि पसल सञ्चालकहरू सिरहाको नरह गाउँपालिका-२ का ३० वर्षीय रोहित सिंह र दाङको घोराही उपमहानगरपालिका-१५ का २२ वर्षीय बलिराम खड्कालाई पक्राउ गरेको छ ।

औषधि पसलबाट लागुऔषधको कारोबार भएको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उनका अनुसार उनीहरूको पसलबाट ट्यापेन्टाडोल १३० ट्याब्लेट र ट्यापेन्टाडोल १०० एमजी ५५ वटा ट्याब्लेट नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 October 2024
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने