छक्का पञ्जा ५’ को बक्सअफिसमा आक्रामक व्यापार, कमायो ३ दिनमा ५ करोड

छक्का पञ्जा ५’ को बक्सअफिसमा आक्रामक व्यापार, कमायो ३ दिनमा ५ करोड : Icon Khabar

काठमाडौँ, असोज २७ । दसैँको अवसर पारेर यही असाेज २४ गते (फूलपाती) देखि प्रदर्शनरत ‘छक्का पञ्जा ५’ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ। फिल्मले शनिबारसम्म ३ दिनमा ५ करोड रुपैयाँ कमाइसकेको छ।

तीन दिनमा भएको व्यापारबारे फिल्म निर्माता दीपकराज गिरीले भने, ‘फिल्मले तीन दिनमा ५ करोडको व्यापार गरेको छ। उपत्यका र मोफसल सबैतिर अकुपेन्ची राम्रो छ। सबैभन्दा फिल्मको कथाले राम्रो प्रतिक्रिया पाइरहेको छ।’

‘छक्का पञ्जा ५’ चर्चित फिल्म ‘छक्का पञ्जा’को पाँचौँ शृंखला हो। यस फिल्ममा दीपकराज गिरी, केदार घिमिरे माग्ने बुढा र वर्षा शिवाकोटीको मुख्य भूमिका छ।

Published Date: 13 October 2024
ताजा
काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको मेलम्ची खानेपानी आजदेखि बन्द
बर्ड फ्लुको सङ्क्रमण पुष्टि हुन थालेपछि मोबाइल रिङटोनमार्फत सन्देश प्रवाह सुरु
शुक्रबार सुनको मूल्य प्रतितोला ७ हजार २ सय रुपैयाँले बढ्यो
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी