धेरै भाडा असुलेको आरोपमा काठमाडौँबाट १३ जना पक्राउ

धेरै भाडा असुलेको आरोपमा काठमाडौँबाट १३ जना पक्राउ : Icon Khabar

काठमाडौँ, असोज २१ । दसैँमा गाउँघर फर्किन खोज्नेहरुसँग धेरै भाडा असुलेको आरोपमा ट्राफिक प्रहरीले काठमाडौँबाट १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नक्कली टिकट बनाएर यात्रुसँग रकम ठग्ने र निर्धातिर भन्दा धेरै भाडा असुल्नेहरु छन् ।

काठमाडौँको कोटेश्वरबाट ३ जना र बल्खुबाट ६ जनालाई पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन कार्कीले रातोपाटीलाई बताए ।

उनले भने, ‘बल्खु र कोटेश्वर लगाायतका ठाउँबाट १३ जनालाई पक्राउ गरेर कानुनी कारबाहीका लागी सम्बन्धित प्रहरी वृत्तलाई जिम्मा लगाएका छौं ।’

Published Date: 07 October 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग