भारतबाट फिल्म ‘लापत्ता लेडीज’ ले ओस्कार अवार्डमा प्रतिनिधित्व गर्ने

भारतबाट फिल्म ‘लापत्ता लेडीज’ ले ओस्कार अवार्डमा प्रतिनिधित्व गर्ने : Icon Khabar

मुम्बई, असोज ८ । भारतबाट यस वर्ष किरण रावको फिल्म ‘लापत्ता लेडीज’ ले ओस्कार अवार्डमा भारतको प्रतिनिधित्व गर्ने भएको छ ।

फिल्म फेडेरेसन अफ इन्डियाले फिल्म ‘लापत्ता लेडिज’ लाई ओस्कार अवार्डमा पठाउने निर्णय गरेको हो । फिल्मलाई बेस्ट विदेशी फिल्मको क्याटोगोरीमा ओस्कारमा पठाइएको छ ।

यस फिल्मको निकै प्रसंशा भएको थियो । नितान्शी गोयल, प्रतिभा रान्ता, रवि किसनलगायतको अभिनय रहेको यस फिल्मले बक्स अफिसमा पनि राम्रो कमाई गरेको थियो । करिब ५ करोडको बजेटमा बनेको यस फिल्मले भारतीय बक्स अफिसमा २० करोड कमाई गरेको थियो ।

Published Date: 24 September 2024


ताजा
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग