अक्सफोर्ड प्राक्टिकल स्कुलमा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

अक्सफोर्ड प्राक्टिकल स्कुलमा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, असोज ५ । सल्लाघारीस्थित अक्सफोर्ड प्राक्टिकल स्कुलले कक्षा ११ र गतवर्षको कक्षा १२ का विद्यार्थीहरुलाई लक्षित पारेर भव्य स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ।

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल रवि दुवाल सभापति थिए भने विद्यालयका संस्थापक अध्यक्ष राम दुवाल प्रमुख अतिथि थिए ।

वर्तमान कक्षा १२ का विद्यार्थीहरु आयोजक र विद्यालयको सहयोग रहेको सो स्वागत तथा बिदाई कार्यक्रममा एमनेस्टि नेपालका पूर्व अध्यक्ष तथा साइनिङ स्कुल, छालिङका डाइरेक्टर विक्रम ढुकुछु, डेमोस स्कुलका प्रिन्सिपल विनोद लामा, शान्तिदीप स्कूलका प्रिन्सिपल श्रीकृष्ण त्याटको उपस्थिति थियो।

 

त्यस्तै, इमेज स्कुलका संस्थापक अध्यक्ष शिव कवाँ, ज्योति ज्ञान एकेडेमीका संस्थापक प्रिन्सिपल डि.एन. त्वाटी, लिटल वर्ल्ड स्कुलका संस्थापक प्रकाश दुवाल पनि सो समारोहमा अतिथि थिए । बिमल मेमोरियल स्कुलका प्रिन्सिपल कुमार थापा मगर, ग्लोबल एकेडेमीका प्रिन्सिपल मधुमर्दन शर्मा, स्टुडेन्ट्स एकेडेमीका प्रिन्सिपल सुमन शिल्पकार र अक्सफोर्ड प्राक्टिकल स्कूलका प्लस टु कोअर्डिनेटर निराजन सिलवालको समेत उक्त कार्यक्रममा आतिथ्यता रहेको थियो।

साथै विशेष अतिथिको आसनमा सोही विद्यालबाट आफ्नो शैक्षिक जीवन सुरुवात गरेका विद्यार्थीद्वेय डा. नीना वैद्य र रिजन नेपाल उपस्थित थिए। कक्षा १२ की छात्रा रविना नेपालीको स्वागत मन्तव्यबाट सो कार्यक्रम सुरुवात भएको थियो। विभिन्न सांस्कृतिक पहिरनमा सजिएका विद्यार्थीहरूको विविध परम्परागत गीत, नृत्य अनि कविता आदि प्रस्तुत गरिएको सो प्रतिभा प्रस्फुटन सांस्कृतिक कार्यक्रममा छुट्टै रौनक छाएको थियो भने एक अर्काको अस्तित्व स्वीकार गर्नुपर्ने भन्ने भावना जागृत भएको थियो।


सम्मान कार्यक्रमको चरणमा यसवर्षको ‘एक्सिलेन्स अवार्ड २०८१’ को उपाधिले विभूषित गर्दै कक्षा १२ की छात्रा रविना नेपालीलाई नगद सहितको छात्रवृत्तिद्वारा सम्मानित गरिएको थियो।

त्यस्तै हालसालै मात्र आफ्नो एमबिबिएसको डिग्री हासिल गरेका यसै विद्यालयका पूर्व विद्यार्थी डा.नीना वैद्य र एमबिबिएसको लागि पूर्ण छात्रवृत्ति हासिल गरेर यसै विद्यालयका पूर्व विद्यार्थी रिजन नेपाललाई उक्त कार्यक्रममा कदरपत्रद्वारा सम्मानित गरिएको थियो। बिदाइको समारोहमा गतवर्षको कक्षा १२ का विद्यार्थीहरुलाई मायाको चिनोद्वारा सम्मान गर्दै अतिथिद्वेय विक्रम ढुकुछु र विनोद लामाले आ-आफ्नो धन्यवाद र बधाई मन्तव्य व्यक्त गरेका थिए ।

विशेष अतिथि रिजन नेपालले उपस्थित विद्यार्थी भाइबहिनीहरुलाई सफलताका सूत्र र सूचकहरुको बारे आफ्नो अनुभवात्मक धारणा राख्ने अवसर दिईएको सो कार्यक्रममा गतवर्षको कक्षा १२ की छात्रा रिया सुलुले आफ्नो अनुभव सहितको मार्गनिर्देशनका मन्तव्य राखेका थिए।

साथै कक्षा ११ की छात्रा मनिता बसेलले आयोजकप्रति धन्यवादका शब्दरुपी हार अर्पण गरेकी थिए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि राम दुवालले विद्यालयको विगतदेखि बर्तमानसम्म आफूले गर्न परेको यात्राको बारे अनुभव साट्नु भएको थियो। विद्यालय इन्चार्ज शिव भूजुको संयोजकत्व रहेको उक्त कार्यक्रममा कक्षा १२ का अनामिका बयलकोटी, अश्लेषा बुढाथोकी, इगन खरबुजा र संरक्षा सिन्चुरीले कार्यक्रम सञ्चालन गरेका थिए ।

अन्त्यमा कार्यक्रम समापन गर्दै सभाध्यक्ष रवि दुवालले विद्यार्थीहरूको सो सुन्दर प्रस्तुति एबं प्रयासका लागि हार्दिक धन्यबाद प्रदान गरे। उनले आजको युगका विद्यार्थीहरुले भविष्यमा देशको जिम्मा लिने तरिकाले ब्यबस्थापन र नेतृत्व बिकास गर्नुपर्ने समेत बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 September 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू