भक्तपुरको पाण्डुबजारमा निकालियो पुलुकिसी र लाखे

भक्तपुरको पाण्डुबजारमा निकालियो पुलुकिसी र लाखे : Icon Khabar

भक्तपुर, असोज ५ । भक्तपुर सूर्यविनायकको पाण्डुबजार हाईटस्थित वि किड्स स्कुलले भक्तपुरमा मनाईने ईन्द्रजात्रा (पुलुकिसी जात्रा)को नमुनाको रूप मनाएको छ ।

‘एक्सप्लोर, लर्न र ग्रो’ को सिद्धान्तलाई अवलम्बन गर्दै बालबालिकाको सर्वाङ्गीण विकासका लागि स्थापित सो विद्यालयको पूर्व प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न विषयमा एक्सप्लोर गराउने अवधारणा अनुरूप सामाजिक तथा सास्कृतिक थिम अन्तर्गत पर्ने विभिन्न चाडपर्वहरू मध्ये ईन्द्रजात्रा (नेपाल भाषमा येन्या पुन्ही)को जानकारी दिन सो कार्यक्रम गरेको हो ।

कार्यक्रममा विद्यार्थीहरूले आफ्ना अभिभावक र जुनियर भाईबहिनीहरूको सामु यन्या पुन्हीको दौरानमा आठै दिनमा हुने विभिन्न गतिविधि, पुलुकिसी जात्राको कथनका वारेमा जानकारी दिदै जात्राको रमाईलो प्रस्तुति गरेका थिए।

उक्त कार्यक्रममा इन्द्रजात्राको पहिलो दिन दोबाटो चौबाटोमा खडा गरिने यमद्यः इन्द्रको छोरा जयन्तको प्रतिक यमद्य, यरावती हाति (पुलुकिसी), यो जात्राको क्रममा गाईने गित (वल वल पुलुकिसी) र लाखे नाँच प्रस्तुत गरिएको थियो । अन्तमा उपस्थित सम्पूर्ण अभिभावहरू र विद्यार्थी नानीहरुले समयबजी खाँदै कार्यक्रम समापन भएको थियो ।

Published Date: 21 September 2024
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक