भक्तपुरको पाण्डुबजारमा निकालियो पुलुकिसी र लाखे

भक्तपुरको पाण्डुबजारमा निकालियो पुलुकिसी र लाखे : Icon Khabar

भक्तपुर, असोज ५ । भक्तपुर सूर्यविनायकको पाण्डुबजार हाईटस्थित वि किड्स स्कुलले भक्तपुरमा मनाईने ईन्द्रजात्रा (पुलुकिसी जात्रा)को नमुनाको रूप मनाएको छ ।

‘एक्सप्लोर, लर्न र ग्रो’ को सिद्धान्तलाई अवलम्बन गर्दै बालबालिकाको सर्वाङ्गीण विकासका लागि स्थापित सो विद्यालयको पूर्व प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न विषयमा एक्सप्लोर गराउने अवधारणा अनुरूप सामाजिक तथा सास्कृतिक थिम अन्तर्गत पर्ने विभिन्न चाडपर्वहरू मध्ये ईन्द्रजात्रा (नेपाल भाषमा येन्या पुन्ही)को जानकारी दिन सो कार्यक्रम गरेको हो ।

कार्यक्रममा विद्यार्थीहरूले आफ्ना अभिभावक र जुनियर भाईबहिनीहरूको सामु यन्या पुन्हीको दौरानमा आठै दिनमा हुने विभिन्न गतिविधि, पुलुकिसी जात्राको कथनका वारेमा जानकारी दिदै जात्राको रमाईलो प्रस्तुति गरेका थिए।

उक्त कार्यक्रममा इन्द्रजात्राको पहिलो दिन दोबाटो चौबाटोमा खडा गरिने यमद्यः इन्द्रको छोरा जयन्तको प्रतिक यमद्य, यरावती हाति (पुलुकिसी), यो जात्राको क्रममा गाईने गित (वल वल पुलुकिसी) र लाखे नाँच प्रस्तुत गरिएको थियो । अन्तमा उपस्थित सम्पूर्ण अभिभावहरू र विद्यार्थी नानीहरुले समयबजी खाँदै कार्यक्रम समापन भएको थियो ।

Published Date: 21 September 2024






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न