फोनपेबाट हवाई टिकट बुक गर्दा ३०० रुपैयाँ क्यासब्याक, हरेक हप्ता ५ जनालाई स्मार्टवाच

फोनपेबाट हवाई टिकट बुक गर्दा ३०० रुपैयाँ क्यासब्याक, हरेक हप्ता ५ जनालाई स्मार्टवाच : Icon Khabar

काठमाडौं, असोज ४ । डिजिटल भुक्तानी सञ्चालक फोनपेले दशैं-तिहारको अवसर पारी ‘सुपर यात्रा’ अभियान ल्याएको छ । यस अन्तर्गत फोनपेबाट हवाई टिकट किन्दा क्यासब्याक र गिफ्टहरू पाइने भएको छ ।

कम्पनीका अनुसार नयाँ प्रयोगकर्ताले पहिलोपटक हवाई टिकट बुक गर्दा रु. ३०० क्यासब्याक पाउनेछन् । पहिले नै फोनपे प्रयोग गर्दै आएका प्रयोगकर्ताले भने रु. २०० क्यासब्याक पाउनेछन् ।

साथै फोनपेले विभिन्न गिफ्टहरू पनि घोषणा गरेको छ, जसमा एक भाग्यशाली विजेताले एक वर्षसम्म हवाई टिकट निःशुल्क पाउनेछन् । त्यस्तै हरेक हप्ता पाँच भाग्यमानी सहभागीले स्मार्टवाच जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

Published Date: 20 September 2024
Website | + posts




















ताजा
पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि हस्तक्षेपको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन
एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुन सक्ने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक