एजे स्कूलमा खुल्ला लोक नृत्य संग्राम २०८१ सम्पन्न, एमेनिति स्कूलका प्रसाई प्रथम

एजे स्कूलमा खुल्ला लोक नृत्य संग्राम २०८१ सम्पन्न, एमेनिति स्कूलका प्रसाई प्रथम : Icon Khabar

भक्तपुर, भदौ २९ । भक्तपुरको सूर्यविनायकस्थित एजे सेकेण्डरी स्कूलले राष्ट्रिय बाल दिवस २०८१ अवसरमा आयोजना गरेको विद्यालय स्तरिय प्रथम खुल्ला लोक नृत्य संग्राम २०८१ सम्पन्न गरेको छ।

विद्यालयका प्रिन्सिपल कृष्णराम दुवालले विभिन्न विद्यालयबाट आएका सहभागी छात्रछात्राहरू लगाएत अगन्तुकहरूलाई स्वागत मन्तव्यवाट स्वागत गर्दै सुरू भएको सो संग्राममा आयोजक विद्यालयका सहित ५८ जना छात्रछात्राहरू सहभागीले भाग लिएका थिए ।

राष्ट्रिय वाल दिवस २०८१ को अवसर पारेर मौलिक कला संस्कृतिको संरक्षण र संस्कृतिलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्ने र लोकनृत्य तथा सांस्कृतिक भेषभुसालाई नयाँ पुस्तामाझ फरक तरिकाबाट आत्मसात गराउने उद्देश्य रहेको संग्राममा सहभागीहरुले विभिन्न लोकभाका तथा गीतहरूमा एकल लोक नृत्य प्रस्तुत गरेको थियो ।

दुई चरणमा भएको सो प्रतियोगिताको प्रथम चरणमा सहभागीहरुलाई आआफ्नो खुबी देखाउन ४० सेकेण्डको मौका दिईएको र त्यसबाट छनौट भएका ३२ जना प्रतियोगीहरुलाई दोस्रो चरणमा एक अर्का विरूद्ध संग्राम गराईएको थियो । दुवै चरणमा आयोजकले उपलब्ध गराएको गीतमा प्रतियोगीहरुले पालैपालो आआफ्नो नृत्य प्रस्तुत गरेका थिए ।

झण्दै ५ घण्टा सम्म चलेको सो संग्राममा Amenity English Secondary School , कौशलटार थिमिका छात्रा स्मारिका प्रसाई प्रथम हुन सफल भएका थिए भने दोस्रो Blue Bird English Secondary School, ताहचल ललितपुरका छात्रा विजेता अधिकारी, तेस्रो Devi Secondary School, सौडोल, चांगुनारायण नपा का छात्रा एलिना मगर र Amenity English Secondary School कै छात्रा साईना थापाले सान्वना पुरस्कार प्राप्त गरेका थिए ।

विद्यालयको संचालक समितिका अध्यक्ष राम प्रसाद कुस्मा र प्रिन्सिपल कृष्ण राम दुवालले विजेताहरूलाई ट्रफी, प्रमाणपत्र, नगद पुरस्कार र गिफ्ट हाय्म्पर प्रदान गरेका थिए । अध्यक्ष कुस्माले धन्यवाद गरेको सो कार्यक्रमको संचालन विद्यालयका शैक्षिक निर्देशक कृष्ण बहादुर प्रजापतिले गरेका थिए ।

साथै कार्यक्रम सफल पार्न सहयोग गर्ने निर्णायक मण्डल, डिजे, मिडिया लगायत सम्पूर्ण सहयोगी हातहरूलाई मायोको चिनो प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 September 2024
Website | + posts