दोस्रो भक्तपुर ग्रासरुट्स डे फुटबल फेस्टिभलको तयारी कस्तो छ ? (आइकन संवाद)

दोस्रो भक्तपुर ग्रासरुट्स डे फुटबल फेस्टिभलको तयारी कस्तो छ ? (आइकन संवाद) : Icon Khabar

भक्तपुर, भदौ २८ । भक्तपुर जिल्लाकै कृयाशिल फुटबल क्लब भक्तपुर फुटबल क्लबले राष्ट्रिय रुपमै आफ्नै मौलिकता झल्किने गरि दोस्रो भक्तपुर ग्रासरुट्स डे फुटबल फेस्टिभल आगामी शनिबार भदौ २९ गते आयोजना गर्दैछ।

भक्तपुरको महेश्वरी खेल मैदानमा हुने सो कार्यक्रमको तयारीका बारेमा यसै कार्यक्रमका संयोजक राम प्रजापतिसँग आइकन खबरले आइकन संवादका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत छ:

१. तपाईलाई आइकन संवादमा स्वागत छ।
धन्यवाद आइकन खबरलाई साथै यस मार्फत भक्तपुर फुटबल क्लबको विचार राख्ने मौका दिनु भएकोमा ।

२. यहि भदौ २९ गते हुन लागेको दोस्रो भक्तपुर ग्रासरुट्स डे फुटबल फेस्टिभलको बारेमा जानकारी दिनुस न।
ग्रासरुटस फुटबल भन्नाले स-साना बालबालिकाहरुलाई फुटबल खेलप्रती मोह जगाउन एकै ठाउँमा फुटबल खेलका विभिन्न खेल कौशलता सिकाउदै खेलाउदै आयोजना गरिने फुटबल उत्सव हो ।

नेपाली फुटबल जगतमा आफ्नै मौलिक ग्रासरुट डे नभइरहेको अवस्थामा गत वर्ष क्लबका अभिभावक एव भक्तपुर जिल्लाका लिजेण्ड खेलाडी रामहरी सरको देहावसान पछि उहाको सम्मानमा तथा सम्झनाको लागि एउटा कार्यक्रमको खोजिमा थियौ र हाम्रो टिमको छलफलमा ग्रासरुटस देखी फुटबल खेलको बिकास अनि विस्तार गर्ने भन्ने कुरा आउंदै गर्दा ग्रासरुटस डेको कुरामा निष्कर्ष निकाल्दै गत वर्ष एक हप्ताको तयारिमा १२ वटा शैक्षिक संस्थाको सहभागितामा सम्पन्न गरेको थियो ।

दोस्रो भक्तपुर ग्रासरुट्स डेमा यो पटक अनुभवी प्रशिक्षकहरुको प्रत्यक्ष प्रशिक्षणमा संचालन गर्ने छौ भने यो पटक Football for All भन्ने भावलाई आत्मसाथ गरेर फुटबल बाहेकका रचनात्मक खेल पनि खेलाइने छ र मनोरञ्जनको लागि प्रतिष्ठित गायकहरुको पनि उपस्थिति रहनेछ ।

३. कुन उद्वेश्यले यो कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ ?
फुटबल खेलको निरन्तरता र विस्तार तथा वर्तमान अवस्थामा आज हरेक घर घरको मुख्य समस्याको रुपमा देखापरेको मोबाइल मोहले लिएको विकृतिलाई हटाउने प्रयास गर्न ।
भक्तपुरमा फूटबल संस्कृतिको विकास गर्न ।
फूटबलको माध्यमबाट बालबालिकालाई शारीरिक, मानसिक, सामाजिक रूपमा सबल बनाउन ।
हाम्रो भक्तपुर जिल्लामा उत्कृष्ट फूटबल खेलाडीको उत्पादन गर्न।

४. यो फुटबल फेस्टिभल कसरि अगाडी बढ्नेछ यसको बारेमा जानकारी दिनुस न।
दोस्रो ग्रासरुट्स डे कार्यक्रमलाई यो पटक Football for All ! भन्ने भनाईलाई आत्मसाथ गर्दै यस कार्यक्रममा फुटबल खेलबाहेक मेडिटेसन, साइकिलिङ्ग, बाघचाल, वाटर गेम लगाएतका खेललाई समावेश गरेका छौ भने ग्रासरुट्सको नियम अनुसार यस कार्यक्रममा खेलमैदान भित्र पनि झन्डै २० वटा स्टेशन बनाएर एक साथ २० वटा स्टेशनमा विभिन्न फुटबल सम्बन्धी गतिविधी संचालन हुनेछ ।

५. भक्तपुर जिल्लाका कतिवटा विद्यालय यस ग्रासरुट्स डेमा सहभागी हुँदैछन् ?
दोश्रो भक्तपुर ग्रासरुट्स डे फुटबल फेस्टिभलमा यो वर्ष खेल मैदानको अवस्थालाई मध्य नजर गर्दै सरकारी ४ वटा र बाँकी १८ वटा गरेर २० वटा स्कुलहरुले सहभागी जनाउने छ भने सहभागी सबै स्कुलहरुबाट जम्मा ३२० जना १२ बर्ष मुनिका भाइबहिनिहरुले खेल्ने छन।

६. यस कार्यक्रममा सहभागी हुन आउनुहुने व्यक्तित्वहरुको को को हुनुहुन्छ ?
दोश्रो भक्तपुर ग्रासरुट्स डे फुटबल फेस्टिभल कार्यक्रममा हामीले फुटबलसङ्ग सम्बन्धि ब्यक्तित्वहरुलाई निमन्त्रणा गरेका छौ । जसमा नेपाली राष्ट्रिय टिमका पुर्व कप्तानहरु, नेपाली राष्ट्रिय टिमका चर्चित अनुहारहरु, स्वतस्फूर्त रुपमा नेपाली साङ्गितिक क्षेत्रका चर्चित गायकहरु यस कुमार, कुम्ह सागर, मनु दहाल लगाएत सफल प्रशिक्षकहरुको सहभागिता रहने छ ।

७. दोस्रो भक्तपुर ग्रासरुट्स डे फुटबल फेस्टिभलबाट के अपेक्षा गर्नुभएको छ ?
यसले बाल बालिकामा फूटबल प्रती मोह बढाउने छ ।
यसबाट बालबालिकाले जीवन उपयोगी कौशल सिकाउने छ, जस्तै Sportsmanship, Fairplay
विभिन्न संघ संस्था बिच फूटबल संस्कृतिको विकास हुनेछ ।
ग्रासरूट फूटबलको महत्त्व सबैले बुझ्नेछ ।
यो कार्यक्रमले भक्तपुर जिल्लाको फूटबल विकासमा उल्लेख्य सहयोग पुग्नेछ ।
आउने दिनहरुमा पनि भक्तपुरको Grassroots Football Development मा सबैको साथ र सहयोग मिलोस भन्ने अपेक्षा छ ।

८. कुन कुन संघ संस्था सँग यो कार्यक्रममा समन्वय गर्दै हुनुहुन्छ ?
दोश्रो भक्तपुर ग्रासरुटस डे फुटबल फेस्टिभल कार्यक्रमको आयोजना यो वर्ष हामीले नितान्त फरक ढंगले गर्दैछौं ।श्रावण ५ गते भब्य रुपमा सम्पन्न भएको “कोरा भक्तपुर “बाट सिक्दै हामीले कम्युनिटि बेसिसमा जाँदै सुरुवाती चरणमा हामीले यस कार्यक्रमको विषयमा साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित सरसङ्गको छलफल पश्चात् हामीले यस कार्यक्रमको तयारी सुरु गरेका थियौ ।

कार्यक्रमको आयोजनाको आजसम्मको तयारी गर्दै गर्दा हामीलाई प्रत्यक्ष रुपमा साइकल कनेक्ट भक्तपुरले निरन्तर साथ दिदै आइरहेको छ भने अन्य संघ सस्थाहरुको पनि सहयोग रहि आएको छ ।
कार्यक्रम कै लागि भनेर समन्वय भएका संघ संस्थाहरु भने

१)साइकल कनेक्ट भक्तपुर
२)जुजु बाइक्स
३)प्याब्सन भक्तपुर जिल्ला कार्य समिती
४)लेट्स प्ले
५)एडभेन्चर नेपाल
६)पाइनरिङ्ग स्काउट क्र्यु
७) नमस्ते टेलिभिजन
८)एभरेस्ट टेलिभिजन
९)फुटबल फन्टामेन्टल ट्रेनिङ्ग
१०)जि एफ ए
११)डार्क सुटस
१२)रुटिन अफ नेपाली फुटबल
१३)आइकन खबर
१४)भक्तपुर
१५)भक्तपुरेन्स
१६)खेल डबली
१७)कन्डुका
१८)ह्यास वान
१९)जिरो वान स्टुडियो
२०)दि एरिना
२१)बालकुमारी बाजा खल
२२)प्रीन्टिङ्ग स्टेशन
२३)ख्वप फुटसल
२४)सिद्धी स्मृति प्रतिष्ठान
लगाएत थुप्रै संघ संस्थाहरु संग समन्वय गरेका छौं । खेल मैदानको सरसफाई एवं व्यवस्थापन गराउनु भएकोमा भक्तपुर नगरपालिका र भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवांज्यु र प्रत्यक्ष रुपमा खटिनु हुने नगरपालिकाका कर्मचारिहरु एवं राम शरण त्वाती सरप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

९. अन्तिममा के संदेश दिन चाहनुहुन्छ ?
– फुटबल विकासको मुख्य आधार नै Grassroots Football भएको हुनाले भक्तपुर जिल्लामा Football विकास गर्न सबैजना मिलेर हातेमालो गरौँ । ताकी हाम्रो जिल्लालाई फूटबल Hub को रुपमा समृद्व, सबल र सम्पुर्ण भक्तपुरको परिकल्पना गरि हाम्रो सपनालाई साकार पारौं।

धन्यवाद !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
4
+1
0
+1
0
Published Date: 13 September 2024
Website | + posts