नेपालमा गरिबी र बेरोजगारीको दर बढ्नुको जिम्मेवारी कांग्रेस र कम्युनिस्टले लिनुपर्छ: यादव

नेपालमा गरिबी र बेरोजगारीको दर बढ्नुको जिम्मेवारी कांग्रेस र कम्युनिस्टले लिनुपर्छ: यादव : Icon Khabar

वीरगन्ज, भदौ १७ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूको हात रहेको आरोप लगाएका छन् । वीरगन्जमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले गरिबी र बेरोजगारीको दर बढ्नुको जिम्मेवारी कांग्रेस र कम्युनिस्टले लिनुपर्ने बताए । उनले पढेलेखेका युवालाई देशमा कुनै रोजगारीको लागि स्थान नहुने अवस्था सरकारको नेतृत्वमा बस्ने दलहरूकै कारण भएको बताए ।

उनले युवाहरू मलेसिया, कतार, अरब जस्ता मुलुकमा रोजगारीको लागि गइरहेको तर देशमा अझै रोजगारी वृद्धिमा चासो नदिइएको बताए । उनले मधेस आन्दोलनको परिणामले नै नेपाल सङ्घीय गणतन्त्र भएको दाबी गरे ।

Published Date: 02 September 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग