भिल्लारियलको रोमान्चक जित

भिल्लारियलको रोमान्चक जित : Icon Khabar

काठमाडौँ, भदौ ११ । स्पेनिस ला‌ लिगामा सोमवार प्रतिस्पर्धात्मक खेलमा भिल्लारियलले सेल्टा भिगोलाई पराजित गरेको छ। इन्ज्युरी समयको दसौं मिनेटमा ड्यानि परेजोले गोल गरेपछि भिल्लारियलले ४-३ को जित निकालेको हो।

घरेलु मैदानमा भएको खेलमा भिल्लारियलको जितमा परेजोसहित सर्जि कार्डन, थिएनो बेरीले गोल गरेका थिए। १ गोल आत्मघाती भएको थियो । सेल्टा भिगोकाबोर्जा लिग्लिसिया, ओस्कारला मिङ्गेजा र कार्ल स्टारफेल्टले गोल गरेका थिए ।

१२औं मिनेटमा लिग्लिसियाले गोल गर्दै सेल्टालाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा कार्डनले गोल गर्दै भिल्लालाई बराबरीमा पुर्याएका थिए । ३१औं मिनेटमा मिङ्गेजाले गोल गर्दै सेल्टा भिगोलाई पुनः खेलमा अग्रता दिलाए।

६०औं मिनेटमा बेरीले गोल गर्दै भिल्लालाई खेलमा फर्काए । त्यसको ४ मिनेट पछि सेल्टाका जेल्सनको आत्मघाती गोलको भिल्लाले पुनः अग्रता लियो । ८०औं मिनेटमा स्टारफेल्टको गोलमा सेल्टा भिगोले खेलमा बराबरी गर्यो। इन्ज्युरी समयमा परेजोले गोल गर्दै भिल्लारियललाई जित दिलाए ।

३ खेलमा शतप्रतिशत नतिजाका‌ साथ भिल्लारियल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । ६ अंकका‌ साथ सेल्टा भिगो दोस्रो स्थानमा झरेको छ। ला लिगामा मंगलबार १ खेल हुनेछ। – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 August 2024
Website | + posts
ताजा
सरस्वती माताको स्तुतिमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक
स्वास्थ्य बीमा बोर्डले भुक्तानी रकम दिन नसकको अवस्थामा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले दिए राजीनामा
नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा
टी २० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध