भिल्लारियलको रोमान्चक जित

भिल्लारियलको रोमान्चक जित : Icon Khabar

काठमाडौँ, भदौ ११ । स्पेनिस ला‌ लिगामा सोमवार प्रतिस्पर्धात्मक खेलमा भिल्लारियलले सेल्टा भिगोलाई पराजित गरेको छ। इन्ज्युरी समयको दसौं मिनेटमा ड्यानि परेजोले गोल गरेपछि भिल्लारियलले ४-३ को जित निकालेको हो।

घरेलु मैदानमा भएको खेलमा भिल्लारियलको जितमा परेजोसहित सर्जि कार्डन, थिएनो बेरीले गोल गरेका थिए। १ गोल आत्मघाती भएको थियो । सेल्टा भिगोकाबोर्जा लिग्लिसिया, ओस्कारला मिङ्गेजा र कार्ल स्टारफेल्टले गोल गरेका थिए ।

१२औं मिनेटमा लिग्लिसियाले गोल गर्दै सेल्टालाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा कार्डनले गोल गर्दै भिल्लालाई बराबरीमा पुर्याएका थिए । ३१औं मिनेटमा मिङ्गेजाले गोल गर्दै सेल्टा भिगोलाई पुनः खेलमा अग्रता दिलाए।

६०औं मिनेटमा बेरीले गोल गर्दै भिल्लालाई खेलमा फर्काए । त्यसको ४ मिनेट पछि सेल्टाका जेल्सनको आत्मघाती गोलको भिल्लाले पुनः अग्रता लियो । ८०औं मिनेटमा स्टारफेल्टको गोलमा सेल्टा भिगोले खेलमा बराबरी गर्यो। इन्ज्युरी समयमा परेजोले गोल गर्दै भिल्लारियललाई जित दिलाए ।

३ खेलमा शतप्रतिशत नतिजाका‌ साथ भिल्लारियल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । ६ अंकका‌ साथ सेल्टा भिगो दोस्रो स्थानमा झरेको छ। ला लिगामा मंगलबार १ खेल हुनेछ। – एजेन्सी

Published Date: 27 August 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?