काठमाडौँ, भदौ ११ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.९५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५५ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७६.६० रुपैयाँ रहेको छ भने बिक्री दर १७७.३९ रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४९.५६ रुपैयाँ र बिक्री दर १५०.२३ रुपैयाँ रहँदा अस्ट्रेलियन डलर एकको खरिद दर ९०.६८ रुपैयाँ रहेको छ । आज अस्ट्रेलियन डलर एकको बिक्री दर ९१.०८ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.७० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.८१ रुपैयाँ रहेको छ भने बिक्री ३०.९५ रुपैयाँ रहेको छ ।
Published Date: 27 August 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news