एथलेटिक्स मिटको तयारी पूरा

एथलेटिक्स मिटको तयारी पूरा : Icon Khabar

काठमाडौँ, माघ २१ । एथलेटिक्स परिवार नेपालले माघ २२ र २३ गते आयोजना गर्ने गोल्डेन एथलेटिक्स मिटको सम्पुर्ण तयारी पुरा भएको छ । नेपाल एथलेटिक्स संघको सहकार्यमा सञ्चालन हुने यस प्रतियोगितामा महिला र पुरुषमा विभिन्न २७ वटा ट्रयाक र फिल्ड इभेन्टमा ३ सय खेलाडीले प्रतिस्पर्धा गर्ने पक्का भएको छ । प्रतियोगितामा विभिन्न ७ प्रदेश र विभागीय टिमका खेलाडी सहभागी हुनेछ । प्रतियोगितालाई नेपालएथलेटिक्स संघ, राष्ट्रिय खेलकुद परिषद् राखेप, प्रदेश खेलकुद विकास परिषद् बागमती र विभिन्न ब्यवसायीक संस्थाले सहयोग गरेका छन् ।

गोल्डेन एथलेटिक्स मिट प्रतियोगिताको उद्घाटन भोलि माघ २२ गते बिहान १० बजे दशरथ रंगशालामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 February 2023
Website | + posts