एथलेटिक्स मिटको तयारी पूरा

एथलेटिक्स मिटको तयारी पूरा : Icon Khabar

काठमाडौँ, माघ २१ । एथलेटिक्स परिवार नेपालले माघ २२ र २३ गते आयोजना गर्ने गोल्डेन एथलेटिक्स मिटको सम्पुर्ण तयारी पुरा भएको छ । नेपाल एथलेटिक्स संघको सहकार्यमा सञ्चालन हुने यस प्रतियोगितामा महिला र पुरुषमा विभिन्न २७ वटा ट्रयाक र फिल्ड इभेन्टमा ३ सय खेलाडीले प्रतिस्पर्धा गर्ने पक्का भएको छ । प्रतियोगितामा विभिन्न ७ प्रदेश र विभागीय टिमका खेलाडी सहभागी हुनेछ । प्रतियोगितालाई नेपालएथलेटिक्स संघ, राष्ट्रिय खेलकुद परिषद् राखेप, प्रदेश खेलकुद विकास परिषद् बागमती र विभिन्न ब्यवसायीक संस्थाले सहयोग गरेका छन् ।

गोल्डेन एथलेटिक्स मिट प्रतियोगिताको उद्घाटन भोलि माघ २२ गते बिहान १० बजे दशरथ रंगशालामा हुनेछ ।

Published Date: 04 February 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग